रास्वपा कार्यकर्ताद्वारा पूर्वमुख्यमन्त्री रावलमाथि दुर्व्यवहार, छानविन गर्न सचिवालयको माग  « Khabarhub

रास्वपा कार्यकर्ताद्वारा पूर्वमुख्यमन्त्री रावलमाथि दुर्व्यवहार, छानविन गर्न सचिवालयको माग 


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री  तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।  

शनिबार काम विशेषले धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपाका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन । रावलको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गरेको घटनाको भर्त्सना गरेको छ। 

रास्वपा कार्यकर्ताहरूले पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गाली, गलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राजको खिल्ली उडाएको प्रतीत भएको विज्ञप्तिमा उल्लेख छ। 

‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भएर  अराजक समूहको अगाडि निरीहता देखाएकोमा आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ। 

अराजक कार्यकर्ताहरूले सामाजिक सञ्जालहरुमा चरित्र हत्या हुने ढंगले भिडिओको केही अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पु¥याउने कुकृत्यप्रति  आपत्ति जनाएको छ। 

यस्ता कार्यमा संलग्नलाई कारवाहीका लागि कानुनी बाटो खोजिने विज्ञप्तिमा भनिएको छ। विदाको दिन प्रदेश सभा सचिवालबाट सवारी अनुमति लिएर सरकारी काम विशेषले गइरहेका बेला अनावश्यक रूपमा योजनाबद्ध ढंगले उछृङखल समूहले बाटो छेकेर अमानवीय व्यवहार प्रदर्शन गरेको रावलको सचिवालयले जनाएको छ। 

घटनाको सत्य, तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरिएको छ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ३२ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण