तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा | Khabarhub Khabarhub

तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

वासिङटन – संयुक्त राज्य अमेरिकाले तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने भएको छ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता बाहेक अन्य सहायता बन्द गरेको हो । ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै अमेरिकाले यस्तो कदम उठाएको समाचारमा उल्लेख छ ।

विदेशमन्त्री मार्को रुबियोले नयाँ अनुदान वा विस्तार गर्ने समीक्षा र अनुमोदन नहुँदासम्म नयाँ खाले सहायता र साविकका सहायताका लागि सहयोग नगरिने बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको यो आदेशले गरिब देशहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता पनि तत्कालका लागि रोकिएको छ। यसले विश्वभर स्वास्थ्य, शिक्षा, विकास र रोजगारीसँग सम्बन्धित धेरै परियोजना बन्द हुने खतरा बढेको छ।

ट्रम्पको अमेरिका पहिलो नीतिअनुरूप यो नयाँ कदम चालिएको बताइएको छ । राष्ट्रपतिको निर्वाचन कै वेला ट्रम्पले विदेशी सहयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : १८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल चैत ४ गते सोमबार चैत

आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत ४ गते सोमबार चैत

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन