तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा | Khabarhub Khabarhub

तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

वासिङटन – संयुक्त राज्य अमेरिकाले तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने भएको छ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता बाहेक अन्य सहायता बन्द गरेको हो । ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै अमेरिकाले यस्तो कदम उठाएको समाचारमा उल्लेख छ ।

विदेशमन्त्री मार्को रुबियोले नयाँ अनुदान वा विस्तार गर्ने समीक्षा र अनुमोदन नहुँदासम्म नयाँ खाले सहायता र साविकका सहायताका लागि सहयोग नगरिने बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको यो आदेशले गरिब देशहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता पनि तत्कालका लागि रोकिएको छ। यसले विश्वभर स्वास्थ्य, शिक्षा, विकास र रोजगारीसँग सम्बन्धित धेरै परियोजना बन्द हुने खतरा बढेको छ।

ट्रम्पको अमेरिका पहिलो नीतिअनुरूप यो नयाँ कदम चालिएको बताइएको छ । राष्ट्रपतिको निर्वाचन कै वेला ट्रम्पले विदेशी सहयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : १८ बजे

रुसमा बितेका विनोदलाई कुशको शव बनाएर बिदाइ (तस्बिरहरू)

काठमाडौं- युक्रेनविरुद्धको युद्धमा रूसी सेनाबाट सहभागी एकजना नेपाली युवकको उनका

चन्द नेतृत्वको पार्टीले सञ्चालनमा ल्यायो ‘सी व्यापार केन्द्र’

काठमाडौं– नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले उत्पादन

घरेलु हतियार उद्योगलाई बढावा दिँदै भारत

नयाँदिल्ली– रुसी सैन्य हार्डवेयरमा लामो समयदेखिको निर्भरता घटाउने भारतको प्रयास

कांग्रेस दलको बैठक : अहिले सरकार परिवर्तनको कुरै नगरौँ

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवन

प्रधानमन्त्रीको गुनासो- रुघाखोकी लागेर बस्दा पनि आईसीयूको फोटो भाइरल बनाउँछन्

भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई रुघाखोकी लागेर बालुवाटारमा आराम