रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता : के कुरा भयो ? « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता : के कुरा भयो ?

‘युक्रेनको खनिजमा अमेरिकाको डिललाई युरोपले सहयोग गर्नुपर्छ’


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिका भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति स्थापनाको अर्थ युक्रेनको आत्म समर्पण मात्र हुन नहुने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि सोही युद्ध अन्त्यका लागि दुवै नेताबीच छलफल भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि अमेरिकाले मात्र नभई युरोपेली राष्ट्रले पनि मूल्य चुकाउनु पर्ने बताए। यसअघि किभमा भएको पश्चिमा देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले यसै वर्ष युद्ध अन्त्यको अपेक्षा राखेको बताए।

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो। अहिलेको वार्तामा प्रतिबद्धता पुरा गर्ने सवालमा रुसको खराब विगतका बारे पनि छलफल भएको थियो। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनले शान्ति स्थापनाका लागि संसारलाई विश्वस्त पार्नुपर्ने बताए।

वार्तापछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले म्याक्रोनको प्रशंसा गर्दै थुप्रै सकारात्मक पहल भएको बताए। उनले अमेरिका युक्रेन बीचका खनिजका लागि भएको डिललाई निष्कर्षमा लैजानका लागि युरोपेली देशले पनि सहयोग गर्नुपर्ने बताए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : ४९ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका