रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता : के कुरा भयो ? « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता : के कुरा भयो ?

‘युक्रेनको खनिजमा अमेरिकाको डिललाई युरोपले सहयोग गर्नुपर्छ’


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिका भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति स्थापनाको अर्थ युक्रेनको आत्म समर्पण मात्र हुन नहुने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि सोही युद्ध अन्त्यका लागि दुवै नेताबीच छलफल भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि अमेरिकाले मात्र नभई युरोपेली राष्ट्रले पनि मूल्य चुकाउनु पर्ने बताए। यसअघि किभमा भएको पश्चिमा देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले यसै वर्ष युद्ध अन्त्यको अपेक्षा राखेको बताए।

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो। अहिलेको वार्तामा प्रतिबद्धता पुरा गर्ने सवालमा रुसको खराब विगतका बारे पनि छलफल भएको थियो। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनले शान्ति स्थापनाका लागि संसारलाई विश्वस्त पार्नुपर्ने बताए।

वार्तापछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले म्याक्रोनको प्रशंसा गर्दै थुप्रै सकारात्मक पहल भएको बताए। उनले अमेरिका युक्रेन बीचका खनिजका लागि भएको डिललाई निष्कर्षमा लैजानका लागि युरोपेली देशले पनि सहयोग गर्नुपर्ने बताए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : ४९ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी