आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन | Khabarhub Khabarhub

आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

उनले युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारीमा २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको बताए । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उनको भनाइ छ ।

‘विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ’, उनले भने, ‘जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।’

यो कार्यक्रमका लागि युएनडिपीको ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको एक करोड नौ लाख ३८ हजार गरी कूल एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ ।

जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए । उनले गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलितलगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको बताए ।  उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उनको भनाइ छ । उनले खेतीबाट प्राप्त लाभ शतप्रतिशत किसानले नै पाउने बताए ।

क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरूमा भूमिको पहुँच पुर्‍याउन योजना पनि रहेको उनको भनाइ छ । प्रतिपरिवार एक सयदेखि एकसय ५० सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उनले त्यसको रेखदेख लाभग्राहीले नै गर्नुपर्ने उल्लेख गरे ।

करिब ५० बिघामा सिँचाइ क्षमता भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको युएनडिपीका कार्यक्रम अधिकृत सुरज दङ्गालले बताए ।

बगरखेती कार्यक्रमअन्तर्गत कचनकवल–५ का कुर्वान मियाले चार कट्ठा जग्गा प्राप्त गरेको बताए । उनले उक्त जग्गामा तरकारी र खरबुजाखेती गरेका छन् ।

विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरूलाई बुझाउन समस्या भइरहेको छ । कतिपयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित रेखदेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताए ।

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले युएनडिपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुवात गरेको कार्यक्रममा निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ०१ बजे

कानुनी शासनको जगमा निकासा निकाल्नु उचित हुन्छ : मानव अधिकार आयोग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन गर्दा लोकतान्त्रिक

जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु 

काठमाडौं– जेन-जीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई

‘अहिलेको समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्छ’

काठमाडौं– अर्थतन्त्रका जानकारहरूले ‘जेनजी पुस्ता’को प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा

जेन-जीको आन्दोलनमा निधन भएको शव महानगरले घरसम्म पुराइदिने

काठमाडौं– जेन-जीको आन्दोलनमा निधन भएको शवलाई काठमाडौं महानगरपालिकाले घरसम्म पुर्‍याउन

रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू

ललितपुर- गत मंगलबार भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा