संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ? | Khabarhub Khabarhub

संक्रमणबाट पाठेघरलाई कसरी जोगाउने ?


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो। यो मानिसको अस्तित्वसँग जोडिएको हुन्छ। शरीरको महत्त्वपूर्ण पाठेघर हेरचाहमा विशेष ध्यान नदिँदा महिलाले जीवनभर पीडा भोग्नु पर्ने हुन्छ।

पछिल्लो समय धेरै महिला पाठेघरको समस्याबाट ग्रसित छन्। नेपाल लगायत विश्वभर नै धेरै महिला मृत्युको प्रमुख कारण पाठेघरको मुखको क्यान्सर बनेको विभिन्न तथ्याङ्कले देखाएका छन्। पाठेघरको मुखको क्यान्सर लगायत विभिन्न संक्रमणबाट बचाउन हामीले धेरै कुरामा सावधान हुन आवश्यक छ।

पाठेघरको मुखको क्यान्सरबाट जोगाउनकै लागि भनेर सरकारले भर्खरै किशोरीका लागि एचपीभी खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। फागुन महिनाभर ३० वर्षमाथिका महिलाको निःशुल्क स्क्रिनिङ पनि गरिरहेको छ।

पाठेघरमा देखिने समस्या के के हुन् ?
पाठेघरमा सामान्यतया देखिने समस्या भनेको सेतो पानी बग्ने, गन्हाउने पानी आउने, चिलाउने, सुख्खा हुने र फंगस संक्रमण रहेको छ। यी समस्याको बेवास्ता गरेको अवस्थामा पाठेघरको मुखको क्यान्सरको रुप लिने हो। व्यक्तिगत सरसफाइमा ध्यान नदिनु, सानै उमेरमा यौनिक क्रियाकलापमा लाग्नु, धेरै जनासँग असुरक्षित सम्पर्क राख्नु लगायतका कारण पाठेघरमा संक्रमण हुन जान्छ। पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारण भनेको एचपीभी भाइरस हो।

के के कुरामा ध्यान दिने ?
– व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। त्यस्तै भित्री कपडा लाइट कलरमा कटनको प्रयोग गर्नुपर्छ।

– महिनावारी हुँदा प्याडको रुपमा कपडाको प्रयोग गर्नुहुन्छ भने साबुनपानीले राम्रोसँग धोएर चर्को घाममा सुकाउने सकेसम्म आइरन गरेर प्रयोग गर्ने गर्नुपर्छ।

– सेनेटरी प्याडको प्रयोग गरिएको छ भने बेलाबेलामा परिवर्तन गर्ने। रगत कम जान्छ भन्दैमा लामो समय यौटै प्याडको प्रयोग गर्नु उचित हुँदैन।

सानै उमेरमा हुने शारीरिक सम्पर्कले पनि पाठेघरको क्यान्सर र अन्य संक्रमणको जोखिम हुने भएकाले उमेर पुगेपछि मात्रै यौनिक क्रियाकलापमा सहभागी हुनुपर्छ।

– सानै उमेरमा हुने शारीरिक सम्पर्कले पनि पाठेघरको क्यान्सर र अन्य संक्रमणको जोखिम हुने भएकाले उमेर पुगेपछि मात्रै यौनिक क्रियाकलापमा सहभागी हुनुपर्छ।

– सुरक्षित तरिकाले अस्थायी साधन प्रयोग गर्ने र एउटा पार्टनरसँग सीमित हुनु आवश्यक हुन्छ।

– शौच गइसकेपछि बारम्बार पानी छ्याप्ने कतिपयको बानी हुन्छ। त्यसो गर्नु राम्रो हुँदैन। एकपटक सफा पानीले पुछ्दा यथेष्ट हुन्छ।

– पाठेघरभित्र पानी धेरै जाँदा संक्रमणको जोखिम बढेर जान्छ। सफा हुन्छ भनेर डिटोल प्रयोग गरेमा खटिरा आउने जोखिम हुन्छ।

पाठेघरमा धेरै राम्रा र नराम्रा ब्याक्टेरिया हुन्छन्। त्यसभित्र भएको राम्रो ब्याक्टेरियाले नराम्रो ब्याक्टेरियालाई सक्रिय हुन दिँदैन। यसरी धेरै पटक सफा गर्दा राम्रो ब्याक्टेरिया जान्छ र नराम्रो ब्याक्टेरिया सक्रिय हुन थाल्छ।

जसले गर्दा फंगस संक्रमण हुने, सेतो गन्हाउने पानी जाने, यौनाङ्ग चिलाउने जस्ता समस्या देखिन्छन्। कतिपय बिरामी यति पानी हाल्छु, सफा गर्छु तर पनि चिलाउँछ भनेर गुनासो गर्नुहुन्छ। स्याम्पु, डिटोल, साबुनको प्रयोग गरेर सफा गर्ने गर्दछन्। यसले गर्दा गर्भवती हुँदा पनि बच्चा छिटो जन्मिने, कम तौलको जन्मिने जोखिम हुन्छ।

अझै छैन सचेतना
अस्पतालको ओपिडिमा आउने ग्रामीण क्षेत्रका महिला र हाम्रो आमाको उमेरका महिला अहिले पनि आफ्नो समस्या राख्न अप्ठेरो मान्छन्। कतिले त सम्झाइ बुझाई गर्दा मान्छन् कसैले मान्दै मान्दैनन् जबरजस्ती चेकजाँच गर्नुपर्ने हुन्छ।

अहिलेको पुस्ताका किशोरी तथा महिला आफै सचेत भएर हामीलाई केही समस्या छ कि ? पछि गएर पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ कि हुँदैन भनेर आफै चेकजाँच गर्न पनि आउँछन्।

अस्पतालको ओपिडिमा आउने ग्रामीण क्षेत्रका महिला र हाम्रो आमाको उमेरका महिला अहिले पनि आफ्नो समस्या राख्न अप्ठेरो मान्छन्। कतिले त सम्झाइ बुझाई गर्दा मान्छन् कसैले मान्दै मान्दैनन् जबरजस्ती चेकजाँच गर्नुपर्ने हुन्छ।

२५–२६ वर्षका युवती मैले ४, ५ यौन पार्टनरहरु बनाइसकेँ यसले पछि मेरो वैवाहिक जीवनमा के कस्तो असर गर्छ ? मलाई यौनरोग लाग्ने सम्भावना कति हुन्छ ? भन्ने जिज्ञासा लिएर पनि आउँछन्।

पाठेघर स्क्रिनिङको उचित उमेर ?
पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारण भनेको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो। यो भाइरसले पटक–पटक पाठेघरमा संक्रमण गराउँदै गयो भने मात्रै क्यान्सर गराउँछ। कति संक्रमण आफैँ हराएर जान्छन्।

एचपीभी भाइरसले क्यान्सर गराउन एकदमै लामो समय लाग्छ। विभिन्न अध्ययन अनुसार यसले पटक–पटक संक्रमण गराउँदै २० वर्षभन्दा धेरै भइसक्यो भने मात्रै क्यान्सरको जोखिम हुने हो।

त्यसैले सरकारले पनि यसको निश्चित उमेर तोकेको छ। जसलाई एचआइभी लगायतका यौनरोग छ भने २५ वर्ष र स्वस्थ भएको खण्डमा ३० वर्ष माथिका महिलाको मात्रै स्क्रिनिङ गरिरहेको छ।

(वीर अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. आश्मा कुँवरसँग कुराकानीमा आधारित)

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ५५ बजे

‘मायावी’को प्रिमियर हेरेपछि राजेश हमालले भने- फरक लभ स्टोरी फिल्म (तस्बिरसहित)

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म

जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ

दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क

विभिन्न देशको ट्रेन्डिङमा ‘होस्टल–३’

काठमाडौं – युट्युबको ‘सर्ट फिचर’ आएपछि नेपाली कन्टेन्टहरू समग्र ट्रेन्डिङमा

दश दिनमा बिदा बस्न लागेका गभर्नरले कस्तो गर्लान् मौद्रिक नीतिको समीक्षा ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीलाई देखाएर फागुन