अधिकार त्यसै प्राप्त भएको हैन, विगतको संघर्ष र त्याग भुल्नु हुँदैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

अधिकार त्यसै प्राप्त भएको हैन, विगतको संघर्ष र त्याग भुल्नु हुँदैन : उपप्रधानमन्त्री सिंह


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग बिर्सन नहुने बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताए। कांग्रेस जिम्मेवार पार्टी भएको भन्दै यसका नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा पनि सिंहको जोड थियो । 

‘कांग्रेस भनेर चिनिएकाहरूले जनताकोबिचमा असन्तुष्टि पोखेपछि जनतामा कहाँबाट भरोसा विकसित हुन्छ ?,’ उपप्रधानमन्त्री सिंहले भने,‘ हाम्रा संस्थापक नेताहरुको प्रयास, विभिन्न समयमा केन्द्रीय स्तरका नेता र कार्यकर्ताको त्यागतपस्याकै कारण जनताले अधिकार प्राप्त गरेका छन । त्यसका लागि ठुलो संघर्ष र त्याग भएको छ । लामो समयको संघर्ष र हजारौंको त्यागबाट अधिकार जनताकोमा आइपुगेको कुरा बिर्सनु भएन ।’

उनले प्राप्त अधिकारका विषयमा गैर जिम्मेवार अभिव्यक्ति दियौँ भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे। 

उनले पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको सिंहले प्रष्ट पारे। 

 ‘प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थिरताको जगमा हरेक नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अब आर्थिक सम्पन्नताको बाटोमा देशलाई डोर्‍याउनुपर्छ,’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री सिंहले भने। 

उनले कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीको नीति, सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुन नहुने भन्दै राजनीतिक संस्कार बिर्सन नहुने धारणा राखे । 

उनले इतिहास राम्रो भएर मात्र नहुने भन्दै पार्टीलाई बलियो बनाउन संगठन चुस्तदुरुस्त राख्न सुझाव दिनुभयो । अहिले समय छँदा नै पार्टीभित्रका विवाद कांग्रेसकै नेताहरू बसेर मिलाउनुपर्ने भन्दै सिंहले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने संस्कार विकसित गर्नुपर्ने धारणा राखे । 

उपप्रधानमन्त्री सिंहले अहिले गठबन्धनको सरकार रहेको भन्दै गठबन्धनको संस्कार अनुसार नै सरकार अघि बढिरहेको पनि बताए। सरकार गठन हुँदाको सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले निर्वाचन गराउने सिंहको भनाई थियो । 

कार्यक्रममा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डिला संग्रौलालगायतका नेता कार्यकर्ता उपस्थित थिए। उपप्रधानमन्त्री सिंहले आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ भवानीयापुरमा शहरी विकास मन्त्रालयअन्तर्गत बनेको सिटी हलको उद्घाटन पनि गर्नेछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ३० बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको