‘मायावी’को प्रिमियर हेरेपछि राजेश हमालले भने- फरक लभ स्टोरी फिल्म (तस्बिरसहित) | Khabarhub Khabarhub

‘मायावी’को प्रिमियर हेरेपछि राजेश हमालले भने- फरक लभ स्टोरी फिल्म (तस्बिरसहित)


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मायावी’को प्रिमियर सम्पन्न भएको छ ।

नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा रहेको उक्त फिल्मको प्रिमियर कीर्तिपुरस्थित एक हलमा बुधबार सम्पन्न भएको हो ।

प्रिमियरमा महानायक राजेश हमाल, पूर्व मिस नेपाल उषा खड्गी, गायक रामकृष्ण ढकाल, निर्माता छविराज ओझालगायतका चर्चित अनुहार पुगेका थिए ।

फिल्मका कलाकार दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, नव–नायक समीम खान प्रिमियरमा उपस्थित थिए । नायक पल शाह भने कार्यव्यस्तताले प्रिमियरमा उपस्थित नभएको जानकारी दिइएको थियो ।

प्रिमियरपछि महानायक हमालले फरक किसिमको लभस्टोरी फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो विशेष लभ स्टोरी फिल्म छ ।’

फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए । लभ स्टोरी कथावस्तुमा एउटा मन छुने कथामा फिल्म बनेको फिल्मीकर्मीको भनाई छ ।

धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो फिल्मले पोखराको सेरोफेरोमा रहेर युवा-युवतीको त्रिकोणात्मक प्रेमको कथा भन्छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टाराई हुन् ।

‘मायावी’सँगै बुधबारबाट ‘फेरि रेशम फेलिली’ र ‘लाज शरणम्’ प्रदर्शनमा आउँदैछन् । यी तिनै फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ५७ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने