कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो  « Khabarhub

कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारको १८ वटा पसलबाट १८ प्रकारका तरकारी परीक्षण गरेको थियो, जसमा पसल नम्बर ६१३ मा बिक्रीका लागि राखिएको धादिङबाट ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

यस विषादीको मात्रा अत्यधिक भएकाले उक्त काउलीलाई उपभोग अयोग्य घोषणा गरिएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्र परीक्षण हुँदै आएको छ, र ३५ प्रतिशतभन्दा कम विषादी भएको फलफूल तथा तरकारी उपभोग योग्य मानिन्छ, भने ४५ प्रतिशतभन्दा बढी विषादी भएकोलाई खपतका लागि अयोग्य ठहरिन्छ।

समितिले सबै उपभोक्तालाई यस बारे सचेत गराउने र बजारमा स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित तरकारी बिक्रीको सुनिश्चितता गर्न पहल गर्ने बताएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ०७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको