सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता « Khabarhub

सामान्य अंकले बढ्यो नेप्से, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ । तर त्यही बीचमा  मौद्रिक नीतिमा खासै ठूलो परिवर्तन नआउने समाचार बाहिरिएपछि शेयर बजारमा भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले बढेको छ । नेप्सेको परिसूचक २७८१ विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने २७६५.८८ विन्दु मात्र कायम भएको छ । २ बजेसम्म उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको छ । 

कारोबारमा भने गिरावट आएको छ । सोमबारको तुलनामा करिब २ अर्बले कारोबार घटेको छ।  

९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर मात्र कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। ३१२ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार ५६२ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह २.९० प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी ट्रेडिङ समूह २.५१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.०० प्रतिशत अर्थात् ०.०६ अंकले घटेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : २१ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड