सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात | Khabarhub Khabarhub

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात भएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवै वृद्धि भएको बताए। 

‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो,’ उनले भने। 

गत आवको सोही अवधिमा एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । कार्यालयका अनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयातबाट रु ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ३७ बजे

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा