प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा « Khabarhub

प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद्‍माथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शर्माले संसदबाट पारित विधेयकमाथि मन्त्रीले संशोधन हुने गरेको र संसद्‍मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुनुले संसदमाथि सरकारको निरन्तर बलमिच्याइँ पुष्टि भएको बताइन् ।

सांसद शर्माले सरकारलाई सांसदहरूले सोधेका प्रश्नको जवाफ सरकारले नभई सत्तारुढ सांसदहरूले दिने अवस्था बनेको जिकिर गरिन् ।

उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरिन् ।

शर्माले दाङमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोबारेमा अपमानजनक टिप्पणी गरेको भन्दै आपत्ति जनाइन् । २०७९ को चुनावमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी शर्मालाई जिताएर दाङबासीले गल्ती गरेको ओलीले बताएका थिए । त्यसैलाई लिएर उनले आपत्ति जनाएकी हुन् ।

सांसद शर्माले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दल खोलेर राजनीतिमा आउन सुझावसमेत दिइन् ।

उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसबाट बाहिर निस्कन सरकारले गरेको तयारी सदनमा जानकारी गराउन माग गरे ।

शर्माले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरिफुरी नगर्न पनि चेतावनी दिएकी छन् । उनले राजनीतिमा आउने मन भए पार्टी खोल्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिएकी छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ४२ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी