प्रचण्डको चुनौती- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्छ « Khabarhub

प्रचण्डको चुनौती- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्छ


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् । 

‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मंगलबार मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभा सम्बोधनका क्रममा उनले जनताको संघर्षले प्राप्त गरेका अधिकारमा आँखा नलगाउन चेतावनी दिएका हुन् । 

गणतन्त्र प्राप्तिको आन्दोलनलाई ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको आरोप लगाउँदै प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए । 

अध्यक्ष प्रचण्डले अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको स्वीकार गरे । कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने गरेको विगत स्मरण गर्दै उनले माओवादी सधैँ कमजोर हुने अवस्था अब आउन नदिने जिकिर गरे । 

अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग नभएर उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा संकल्पसहित जनतामा आएको पनि बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ४१ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत