मौद्रिक नीतिको समीक्षा बैठक ५ बजेपछि बस्ने  « Khabarhub

मौद्रिक नीतिको समीक्षा बैठक ५ बजेपछि बस्ने 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-०८२ को दोस्रो मौद्रिक नीतिको समिक्षाको बैठक साँझ ५ बजेपछि बस्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बस्ने नेपाल राष्ट्र बैंकको बोर्डको बैठक कार्यालय समय पछि बस्ने भएको हो । 

राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले कार्यालयपछि मात्र बैठक बस्ने जानकारी दिएका छन् ।

 ‘कार्यालय समयमा अन्य कर्मचारीको विदा भएपछि बोर्डको बैठक बस्ने हो’, पोखरेलले भने, ‘बोर्डले आजै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिदिनुस् भने आजै नभए आज सार्वजनिक हुँदैन ।’

पोखरेलका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको समीक्षा आउने सम्भावना उच्च रहेको छ ।

 ‘बोर्डको बैठकले गर्ने निर्णयको कुरा हो’, पोखरेलले भने, ‘सम्भवतः राष्ट्र बैंकको ववसाइडमा आजै सार्वजनिक होला ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षीय कार्यकाल आगामी चैत २५ गते सकिँदै छ । अधिकारीको यो अन्तिम मौद्रिक नीति भएकाले गर्दा  पनि मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षालाई चासोका रूपमा हेरिएको छ । 

गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति भएकाले गर्दा राम्रो नीतिहरू ल्याउन सक्ने भन्दै चर्चा चलाईएको छ । त्यही चर्चाले गर्दा फागुन ४ गते यता निरन्तर शेयर बजार पनि बढिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ४८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित