मौद्रिक नीतिको समीक्षा बैठक ५ बजेपछि बस्ने  | Khabarhub Khabarhub

मौद्रिक नीतिको समीक्षा बैठक ५ बजेपछि बस्ने 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-०८२ को दोस्रो मौद्रिक नीतिको समिक्षाको बैठक साँझ ५ बजेपछि बस्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बस्ने नेपाल राष्ट्र बैंकको बोर्डको बैठक कार्यालय समय पछि बस्ने भएको हो । 

राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले कार्यालयपछि मात्र बैठक बस्ने जानकारी दिएका छन् ।

 ‘कार्यालय समयमा अन्य कर्मचारीको विदा भएपछि बोर्डको बैठक बस्ने हो’, पोखरेलले भने, ‘बोर्डले आजै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिदिनुस् भने आजै नभए आज सार्वजनिक हुँदैन ।’

पोखरेलका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको समीक्षा आउने सम्भावना उच्च रहेको छ ।

 ‘बोर्डको बैठकले गर्ने निर्णयको कुरा हो’, पोखरेलले भने, ‘सम्भवतः राष्ट्र बैंकको ववसाइडमा आजै सार्वजनिक होला ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षीय कार्यकाल आगामी चैत २५ गते सकिँदै छ । अधिकारीको यो अन्तिम मौद्रिक नीति भएकाले गर्दा  पनि मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षालाई चासोका रूपमा हेरिएको छ । 

गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति भएकाले गर्दा राम्रो नीतिहरू ल्याउन सक्ने भन्दै चर्चा चलाईएको छ । त्यही चर्चाले गर्दा फागुन ४ गते यता निरन्तर शेयर बजार पनि बढिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ४८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे संसद

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव

बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा किरातकालीन प्रथम

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका