प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र « Khabarhub

प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतबाट प्रमाणित दोषीहरूलाई भिसा दिएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अमेरिकी र अष्ट्रेलियन दूतावासलाई पत्र लेखेका छन् ।

चलाउनेले लेखेको पत्रमा हरिप्रसाद आचार्यलाई सन् २०२३ मा कीर्ते दस्तावेजको आधारमा भिजा दिइएको भन्दै राजदूत डीनआर थोमसनलाई पत्र लेखेका छन् ।

पत्रमा चलाउनेले सन २०२० अक्टोबर ६ मा आफूलाई मरणासन्न हनेगरि कुटपिट गरिएको खुलाएका छन् । आफूले राजनीतिक रुपमा संरक्षित गरिएका उनीहरूविरुद्ध आफूले विभिन्न माध्यमबाट हारगुहार गरिरहेको बताएका छन् ।

अमेरिकालाई प्रजातन्त्र, कानुनी शासन र मानव अधिकारको देश भन्दै न्यायको पक्षमा अपिल गर्नुपरेको चलाउनेले लेखेका छन् ।

अंग्रेजी भाषाको पत्रमा चलाउनेले भनेका छन्, ‘कुनै एक ठाउँमा अन्याय सबै ठाउँको अन्याय हो ।’

आचार्यकै जोडबल र आडमा आफूलाई सात जनाले रड र भाटाले कुटपिट गरेको त्यही समूहले त्रिभुवन विश्वविद्यालयमा ३४२ दिन ताला लगाएको चलाउनेले उल्लेख गरेका छन् ।

पत्रमा अदालतको फैसलाबाट दोषी करार आचार्यको तस्बिर पनि समेटेर पठाइएको छ । आचार्यविरुद्ध गम्भीर अपराधको मुद्दा चलिरहेको अवस्थामा भिसा दिइइको भन्दै चलाउनेले राजदूत थोमसनको ध्यानाकर्षण गराएका छन् ।

उनैले अस्ट्रेलिया पुगेका अर्का दोषीलाई दिइएको भिसाको कुरा लिएर राजदूत लिन जोन्स्टोनलाई पनि पत्र लेखेका छन् ।

सन् २०२४ डिसेम्बरमा लेखिएको पत्रमा निरज रानामगर अस्ट्रेलिया भागेको कुरालाई लिएर चलाउनेले ध्यानाकर्षण गराएका छन् ।

ज्यानै लिने नियतले आक्रमण गरिएको घटनामा संलग्न भनिएका मगर पनि सन २०२३ मै अस्ट्रेलिया पुगेको भन्दै उनले ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ५८ बजे

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल