उपचारमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल  | Khabarhub Khabarhub

उपचारमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नागरिकलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको बताए । उनले स्वास्थ्य बीमाअन्तर्गत कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्ने बताए । उनले कसैले उपचार नगरी उपचार गराएँ भनेर भुक्तानी लिन्छ भने उसको सम्बोधन खारेज गर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर छ । सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु गम्भीर हुनुहुन्छ । हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौँ । पैरवी गरिरहेका छौँ ।  यसले सकारात्मक नतिजा ल्याउँछ ।’

मन्त्री पौडेलले राज्यले नागरिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व दुर्गम भेगमा पनि कसरी पूरा गर्ने भन्ने कुरामा सरकारले बढी जोड दिइरहेको बताए । उनले दक्ष जनशक्तिलाई स्वदेशमै कसरी राख्ने भन्ने चुनौती रहेको बताए।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : १८ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ