धनगढीमा राप्रपाको बाइक र्‍याली « Khabarhub

धनगढीमा राप्रपाको बाइक र्‍याली


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन् ।

‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका छन् र यसको अन्तिम नतिजा चैतमा काठमाडौंमा देखिने छ,’ महामन्त्री राणाले राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै मंगलबार भने ।

राप्रपाले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभाहरु संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ । यस पटकको आन्दोलन निर्णायक हुने पार्टीको दाबी छ ।

राप्रपाले नेपाली जनता, सेना र प्रहरी मार्ने मराउने काम नगर्ने प्रष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट, जनताको बलबाट गणतन्त्र, संघीयता र धर्म निरपेक्षता खारेज गर्ने राणाले बताए । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य स्थापना गर्ने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले गणतन्त्र, संघीयता र भ्रष्टाचारले देशलाई संकटमा धकेलेको, ऋणभार बढाएको र टाँट हुने स्थिति सिर्जना गरेको बताए । अतरियाबाट धनगढीसम्म संचालन गरिएको मोटरसाइकल र्‍याली कोणसभामा परिणत भएको थियो ।

गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी शक्ति सबै एकजुट भएर देशलाई बेथितिबाट मुक्त गर्नु पर्ने उनको जोड थियो । ‘राजसंस्था र सनातन हिन्दु अधिराज्यका समर्थक, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट भएर देश बचाउने अभियानमा लाग्नु पर्दछ । राजसंस्था स्थापनाका लागि जाग्न जरुरी भइसक्यो,’ राणाले भने ।

पूर्वराजा ज्ञानेन्द्रले जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नु पर्ने राणाको जोड थियो । ‘संघीयता र धर्म निरपेक्षता आयातित डलरको बलमा लादिएको अब प्रष्ट भइसकेको छ । यो कुरा नेपाली जनता कसैले पनि मन पराएका छैनन्,’ राणाले भने ।

लाखौं जनतालाई मारमा पार्ने सहकारी ठगीलाई ठेगान लगाउने र भ्रष्टाचारी नेताहरुलाई राज्यबाट अलग गर्ने नेता राणाले उद्घोष गरे । ‘कलकारखाना बन्द भएका छन् । युवाहरु बेरोजगार बस्नुपर्ने स्थिति बनाइएको छ । सहकारी ठगीले लाखौंको उठिबास भएको छ,’ उनले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ४९ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी