डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा « Khabarhub

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा भएको मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिएका छन् । उनले आज रातिदेखिनै भक्तजनलाई सहज दर्शनको व्यवस्था समेत गरिएको बताए ।

महाशिवरात्रिका दिन सर्वसाधारणका लाग विहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिनेछ । भक्तजनले मन्दिरको गर्भगृहमै पुगेर पूजा एवं दर्शन गर्न पाउनेछन् । भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

महाशिवरात्रिका लागि आएका साधुसन्तलाई समितिले खान, बस्न, धुनी बाल्न दाउराको व्यवस्था समेत गरेको छ । यस पावन पर्वमा डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्था समेत गरिएको छ ।

यसवर्ष करिब ४०० जना साधुसन्त एवं बाबाहरु मन्दिरमा आएको उनले बताए । उनले दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यवस्था गरिएको र मन्दिर अगाडि स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । महाशिवरात्रिका दिन मन्दिरमा एक लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : ५२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको