पाकिस्तानमा पत्रकारहरूको हत्या: सन् २०२४ मा सबैभन्दा खतरनाक वर्ष « Khabarhub

पाकिस्तानमा पत्रकारहरूको हत्या: सन् २०२४ मा सबैभन्दा खतरनाक वर्ष


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा सन् २०२४ पत्रकारहरूको लागि सबैभन्दा घातक वर्ष रहेको छ, जहाँ कम्तीमा ११ पत्रकारको हत्या भएको छ। पत्रकार संरक्षण समितिको रिपोर्ट अनुसार, पाकिस्तान विश्वमै पत्रकारहरूको हत्या हुने दोस्रो खतरनाक देश बनेको छ। पत्रकारहरूलाई निशाना बनाउने घटनामा सरकारी तथा सैनिक निकायहरूको संलग्नता रहेको आशंका गरिएको छ।

सिन्ध र पञ्जाब जस्ता तुलनात्मक रूपमा शान्त क्षेत्रहरूमा पत्रकारहरूमाथि आक्रमण भएको देखिएको छ, जसले राज्यसंलग्नताको आशंका बलियो बनाएको छ। ँचभभमयm ल्भतधयचप को अध्ययनले देखाएको छ कि पाकिस्तानमा सन् २०१२(२०२२ का ९६ प्रतिशत पत्रकार हत्या घटनामा दोषीहरू उन्मुक्ति पाइरहेका छन्।

सञ्चार स्वतन्त्रतामा अवरोध सिर्जना गर्दै पत्रकारहरूलाई दमन गर्ने रणनीति अपनाइएको मानव अधिकारवादीहरूले बताएका छन्। पाकिस्तानी गुप्तचर निकायहरू र सेनाले पत्रकारहरूलाई आत्मसेंसर गर्न बाध्य बनाइरहेको आरोप लगाइएको छ। पाकिस्तानमा सेनाको अप्रत्यक्ष नियन्त्रणमा सञ्चारमाध्यमहरू चलिरहेका छन्, जसले स्वतन्त्र पत्रकारिताका लागि ठूलो जोखिम निम्त्याएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : २१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते