पाकिस्तानमा पत्रकारहरूको हत्या: सन् २०२४ मा सबैभन्दा खतरनाक वर्ष « Khabarhub

पाकिस्तानमा पत्रकारहरूको हत्या: सन् २०२४ मा सबैभन्दा खतरनाक वर्ष


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा सन् २०२४ पत्रकारहरूको लागि सबैभन्दा घातक वर्ष रहेको छ, जहाँ कम्तीमा ११ पत्रकारको हत्या भएको छ। पत्रकार संरक्षण समितिको रिपोर्ट अनुसार, पाकिस्तान विश्वमै पत्रकारहरूको हत्या हुने दोस्रो खतरनाक देश बनेको छ। पत्रकारहरूलाई निशाना बनाउने घटनामा सरकारी तथा सैनिक निकायहरूको संलग्नता रहेको आशंका गरिएको छ।

सिन्ध र पञ्जाब जस्ता तुलनात्मक रूपमा शान्त क्षेत्रहरूमा पत्रकारहरूमाथि आक्रमण भएको देखिएको छ, जसले राज्यसंलग्नताको आशंका बलियो बनाएको छ। ँचभभमयm ल्भतधयचप को अध्ययनले देखाएको छ कि पाकिस्तानमा सन् २०१२(२०२२ का ९६ प्रतिशत पत्रकार हत्या घटनामा दोषीहरू उन्मुक्ति पाइरहेका छन्।

सञ्चार स्वतन्त्रतामा अवरोध सिर्जना गर्दै पत्रकारहरूलाई दमन गर्ने रणनीति अपनाइएको मानव अधिकारवादीहरूले बताएका छन्। पाकिस्तानी गुप्तचर निकायहरू र सेनाले पत्रकारहरूलाई आत्मसेंसर गर्न बाध्य बनाइरहेको आरोप लगाइएको छ। पाकिस्तानमा सेनाको अप्रत्यक्ष नियन्त्रणमा सञ्चारमाध्यमहरू चलिरहेका छन्, जसले स्वतन्त्र पत्रकारिताका लागि ठूलो जोखिम निम्त्याएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : २१ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता