ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक « Khabarhub

ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेट ग्रुप च्याटमा भुलवश पत्रकारको नाम थपिएपछि यमनमाथि गर्न लागेको आक्रमणको योजना सार्वजनिक भएको छ।

द एटलान्टीकका प्रमुख सम्पादक जियफ्री गोल्डबर्ग सो ग्रुप च्याटमा समावेश भएका हुन्। राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले उनलाई आमन्त्रण गरेका थिए।

११ मार्चका दिन वाल्जबाट इन्स्राइपटेड उप सिगनल म्यासेजिङ एपमा गोल्डबर्गले निम्ता पाएका हुन्। १३ मार्चका दिन गोल्डबर्गले आफू ‘ हाउथी पिसी स्मल ग्रुप’ मा समावेश भएको सन्देश पाए। त्यसको ७२ घण्टा भित्रमा हाउथी माथि आक्रमण गर्ने कुरामा समन्वय गर्ने कुरा सो एपमा लेखिएको थियो।

१४ मार्चमा उपराष्ट्रपति जेडी भान्सले मिचिगनमा भएको आर्थिक सम्मेलनमा विषय प्रवेश गरेका थिए। त्यसपछि हाउकीमा आक्रमण गर्ने सहमति भएको थियो।

घटनापछि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले गोल्डबर्ग गम्भीर पत्रकार नभएको आरोप लगाए।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका