मन्त्रिपरिषद्ले बर्खास्त गर्दा चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान | Khabarhub Khabarhub

मन्त्रिपरिषद्ले बर्खास्त गर्दा चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाएको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय पारित हुँदै गर्दा कुलमान भने हेटौंडाको चेपाङ बस्तीमा बिजुली बाल्न व्यस्त थिए।

केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो। ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको हो। १८ घण्टा लोडसेडिङ हटाउन कुलमानले दिएको योगदानको अपमान गर्दै आएका मन्त्री खड्काले यसअघि भारतका कारण लोडसेडिङ अन्त्य भएको त्यहाँ कुलमानको कुनै भूमिका नरहेको दाबी गरेका थिए। त्यसयता मन्त्री खड्काको चर्को आलोचना हुँदै आएको थियो। तर उनकै प्रस्तावमा सोमबार सरकारले एउटा निर्देशक घिसिङलाई बर्खास्त गर्दै गर्दा उनी जनताको मन जित्ने कामका लागि चेपाङ गाउँ पुगेकै समय परेको हो। उनी टुकी र दियालोको उज्यालोमा जीवन निर्वाह रिरहेका चेपाङ समुदाय गाउँमा बिजुली बाल्न पुग्दा बदबाट बर्खास्त भएका हुन्।

कुलमानले आफू बर्खास्त भएकै दिन मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङ दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बिजुली बाल्ने कार्यक्रमको उद्घाटन गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतियकरण घोषणा गरेपछि कुलमानको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको थियो।

सरकारले आफूलाई बर्खास्त गर्दागर्दै घिसिङले राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर विकट र गरिब खैराङ बस्तीलाई झलमल्ल बनाएका हुन्।

कुलमानले राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको मिटर अन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। कुनमानको कामले उनी दंग थिइन। तुलकुमारीसँगै गाउँका टेकबहादुर थिङ, नेमबहादुर लामा र वीरमान थिङले जीवनकै पहिलो खुशी पाएका थिए। बिजुली बत्ती आफ्नै घरमा देख्दा उनीहरु खुशी भएका हुन्।

यो पनि-

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उज्यालो गाउँ बनाउने अभियानमा गाउँपालिकालाई साथ दिएपछि खैराङलगायत राक्सिराङ गाउँपालिकाका सबै वडामा विद्युतको पहुँच पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

घिसिङले ३०३ वटा विद्युत् मिटर उक्त वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए। यो अभियानमा साथ दिएको भन्दै गाउँपालिकाले कुलमानलाई सम्मानसमेत गरेको छ।

कुलमानले उक्त अवसरमा दुर्गम गाउँका चेपाङको छाप्रो–छाप्रोमा विद्युत् पुर्याउन पाउँदा आफूलाई खुसी लागेको बताए।

विद्युतका सम्बन्धमा पालिकाले राखेको माग र समस्या समाधान हुने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै बत्ती नपुगेको ठाउँमा बत्ती पुर्याउने, काठका पोल भएका ठाउँमा विस्थापित गर्ने र नाङ्गा तार विस्थापित गर्ने कार्य क्रमिक रूपमा गर्ने प्रतिबद्धता जनाए। तर यी प्रतिबद्धताले जनता खुशी हुँदै गर्दा सरकारले उनलाई पदबाट बर्खास्त गरिसकेको थियो।

यो पनि-
कुलमान घिसिङ बर्खास्त

विकट गाउँमा पुगेर घिसिङले बत्तिको उज्यालो क्षणिक हुनसक्ने भएकाले चेपाङ र तामाङ बस्तीमा शिक्षाको उज्यालो पुर्याउनसमेत आग्रह गरे।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ५८ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का