ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट « Khabarhub

ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओसकार विजेता चलचित्र ‘नो अदर ल्यान्ड’का सह निर्देशक हमदान बलाललाई वेस्ट बैङ्कमा रहेका इजरायलीले पिट्नु साथै सेनाले नियन्त्रणमा लिएर गएका छन्। उनका सहकर्मी अर्का फिल्म निर्देशक बासेल आड्राले बताए अनुसार बलालको निमन्त्रणमा उनी त्यस दिन त्यसतर्फ गएका थिए।

त्यसै समयमा उनले बलाल र अन्य एक जनालाई सेनाले लिएर गएको देखेका थिए। बलालको घर बाहिर त्यस स्थानमा बसोबास गर्ने इजरायलीले टुङ्गा प्रहार गरेका थिए।

इजरायली सेना र सुरक्षा निकायका व्यक्ति पनि त्यही थिए। कोही नजिक भएमा गोली प्रहार गर्ने तयारीमा उनीहरू थिए।

इजरायली सेनाले भने दुई पक्षको बिचमा झडप भइरहेको कारण आफूहरू उपस्थित भएको दाबी गरेको छ। साथै इजरायलीमाथि ढुङ्गा प्रहार भएकाले बचाउनका लागि आफूहरूले प्यालेस्टाइनीलाई गिरफ्तार गरेको जनाएको छ।

इजरायली सेनाले तीन प्यालेस्टाइनी र एक इजरायली सेनालाई सोधपुछका लागि लगिएको बताएको छ। सेन्टर फर जेविस नन भ्वाइलेन्स नामको संस्थामा पाँच अमेरिकी अधिकारकर्मीले पनि आफूहरूलाई इजरायलीले कुटपिट गरेको बताएका छन्।

दर्जानौ इजरायलीले गाउँमा प्रवेश गरेर छुरा लगायत हतियारले प्रहार गरेका थिए।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : ०१ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता