पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम « Khabarhub

पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पथरी–  सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो।

कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्देश्यले पथरी-शनिश्चरे-१० मा रहेको मनकामना सामुदायिक वनबाट र्‍याली निकालिएको थियो।

विभिन्न प्लेकार्डसहित निस्किएको र्‍यालीले बजार परिक्रमा गरी शान्ति सामुदायिक वनको पर्यटकियस्थल शान्ति भुल्के सिमसारमा पुगेर कोणसभा गरेको थियो।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेलले अबको मौसममा डढेलो तथा आगलागीका घटना बढ्ने हुनाले सजग हुनका साथै त्यस्ता घटना रोक्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।

त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नि पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा डढेलो नियन्त्रण गर्ने उपायसहितको डेमोसमेत देखाइएको थियो।

उक्त कार्यक्रममा नगर महासंघ अन्तर्गतका डाँस मोरङ्गी सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना सामुदायिक वनलगायत ११ वटा सामुदायिक वनका साथै श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिलगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ११ : ४३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको