घरबाट कसरी भगाउने साङ्ला ? « Khabarhub

घरबाट कसरी भगाउने साङ्ला ?


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गर्मी मौसम सुरु हुदैँछ, गर्मीमा धेरैलाई चिन्ता हुन्छ कि साङ्ला बढ्छ भन्नेमा । यो मौसममा घरमा, खासगरी भान्सामा साङ्लाको उपस्थिति बाक्लो हुन्छ ।

साङ्लाका कारण खानेकुराहरू दूषित हुन्छ । घरमा जथाभाबी फोहोर बनाउँछ । जसका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउँछ । साङ्लाले विद्युतीय उपकरणमा समेत समस्या उत्पन्न गराउँछ । भान्सा घरको एउटा यस्तो ठाउँ हो जहाँ सरसफाइ सबैभन्दा महत्त्वपूर्ण हुन्छ । भान्सा पकाएर सफा गरिए पनि बारम्बार गहिरो सरसफाइ नहुँदा साङ्लो आउने गर्छ । त्यस पछि, भान्साकोठामा अराजकता छ, विशेष गरी आर्द्र मौसममा, भान्साकोठामा प्रायः साङ्लाहरू देखिन्छन्। मौसम जुनसुकै होस्, साङ्लोको आगमन कसैलाई पनि असह्य हुन्छ ।

बजारमा पाइने विषादीको प्रयोगले केही दिन साङ्ला भागे पनि त्यसले स्वास्थ्यमा असर गर्छ । तर केही यस्ता घरेलु उपाय छन् जसबाट सहजै छुटकारा पाउन सकिन्छ । यस्ता छन् घरेलु उपाय–

यी उपायहरू अपनाउनु होस् : 

१. साङ्ला भगाउने पहिलो उपाय हो यसलाई अनुकूल नहुने गरी घरको सरसफाइ गर्नु । किनभने सफा र उज्यालो स्थान साङ्लालाई अनुकूल हुँदैन ।

२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिसेर बनाइएको पेस्टलाई पानीमा मिसाएर घोल तयार पार्ने । उक्त घोललाई एउटा बोतलमा राखेर साङला बस्ने कुना काप्चामा नियमित छर्कने गरेमा केही समयमै साङ्लाको समस्याबाट राहत मिल्दछ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्ने । यसको छेवैमा थोरै पानी पनि राखिदिने । सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसकालागि कुनै पनि साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यमबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ ।

५. भान्साको र्‍याकमा तेज पात राख्नु पनि धेरै फाइदाजनक हुन्छ । वास्तवमा, साङ्लोलाई तेजपत्ताको बास्ना मन पर्दैन । पनि यो कडा गन्ध सहन सक्दैन । तसर्थ, काक्रोचलाई भान्साकोठाबाट टाढा राख्न यो पात धेरै उपयोगी हुन्छ ।

६. अण्डाको बोक्रोको प्रयोगले पनि तपाइले साङ्लालाई धपाउन सक्नुहुन्छ । प्राय घरमा अण्डा प्रयोग भइरहन्छ । तर, अण्डाको बोक्रा यत्तिकै फ्याकिन्छ, यदि यसको सही प्रयोग गर्नुभयो भने साङ्ला धपाउन सकिन्छ । अण्डाको बोक्रा कुनै कुनामा राखेमा त्यसबाट आउने स्मेलले पनि साङ्ला बाहिर निस्किने र भाग्ने गर्छन् ।

७. मट्टीतेलको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । जहा बढी मात्रामा साङ्ला हुन्छन्, त्यस ठाउँमा मट्टीतेल छर्किनुभयो भने त्यसको गन्धले साङ्ला भाग्छन र मर्छन् पनि ।

बजारमा पाउने औषधिहरू

–  लक्ष्मण रेखा हामी सबैलाई थाहा छ यो साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो सेतो प्याकेटभित्र चक हुन्छ । चकले धर्को घरको ठाउँ ठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन् ।

– बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो ।  यसमा साङ्लालाई आकर्षित गर्ने तरलता भएकोले यसको सेवनले साङला मर्छन् ।  यो औषधि प्रयोग गर्न पनि सजिलो छ  । भान्सादेखि घरको  कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राख्दिनुपर्छ ।

– रेड हिट कक्रोच किलर स्प्रेलेको प्रयोगले पनि साङला हटाउन सकिन्छ ।

– मोर्टिनको खुबीले घरभित्र साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरू पनि मार्न सक्छ । यसलाई बोतल एक छिन हल्लाएर साङ्ला भएको ठाउँमा छर्किनुपर्छ ।

– अर्को बेगन स्प्रेकाे पनि प्रयोग गर्न सकिन्छ । यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाइ  साङ्ला मर्छ ।

तर यसमा भएको केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन । त्यसैले, स्प्रे छर्किँदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : २९ बजे

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश