मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित « Khabarhub

मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक विपक्ष र सत्तापक्षबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

प्रदेश सभा बैठक स्थगित गर्नुको मुख्य कारण विपक्षी दल माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि उठाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटिहरूको छानबिनको माग गरेपछि भएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशसभामा उठाइएका विषयहरूमा निष्पक्ष छानबिन हुनुपर्ने भन्दै सत्तापक्ष र विपक्षीबीचको छलफल बिना निष्कर्ष टुंगिएको बताए ।

विपक्षी दलहरूले प्रदेश सरकारमाथि लगाएका अनियमिततासम्बन्धी आरोपको छानबिनका लागि समितिको गठनको माग गरेका थिए । साहले सत्तापक्ष र कांग्रेसले अनियमितता आरोपबाट पन्छिने प्रयास गरेको आरोप लगाउँदै छानबिनको मागलाई निरन्तरता दिएका छन् । छलफलमा विपक्षीको प्रमुख माग नै निष्पक्ष छानबिन समिति गठन गर्नु हो । तर, यो विषयमा सत्तापक्षले जवाफ दिन नसकेको साहले बताए । 

सत्तापक्षका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बैठकमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जानकारी दिए । उनले विपक्षीले उठाएको मुद्दामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु आवश्यक रहेको र त्यसपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पनि संसद्‌मा पहिला विपक्षीहरूले लगाएको आरोपको जवाफ दिने अवसर दिनुपर्ने र त्यसपछि मात्र छानबिन समिति गठन गर्न आफूहरू तयार रहेको बताए । विपक्षीले सशर्त अनुदान, कूटनीतिक मर्यादा उल्लंघनलगायतका विषयमा उठाएको प्रश्नको जवाफ बिना नै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ३२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको