कुलमान प्रकारणमा कलाकारको आक्रोश : कोहीले भने सरकारलाई ‘गधा’, कोहीको टिप्पणी ‘सालोलाई पद’ « Khabarhub

कुलमान प्रकारणमा कलाकारको आक्रोश : कोहीले भने सरकारलाई ‘गधा’, कोहीको टिप्पणी ‘सालोलाई पद’


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकारको आलोचना भएको छ ।

नेपालमा लोडसेडिङको अन्त्य गरेर लोकप्रियता कमाएका घिसिङलाई अपमानजनकरुपले सरकारले हटाएको आरोप लागेको छ ।

विभिन्न क्षेत्रका व्यक्तिहरुले सार्वजनिक रुपमा नै कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध गरेका छन् ।

बाक्लो संख्यामा फिल्म क्षेत्रका व्यक्तिहरु पनि कुलमानलाई हटाउनले निर्णयको विरोधमा देखिएका छन् ।

हाँस्य कलाकार मनोज गजुरेल भने कुलमानलाई हटाउनेलाई व्याङ्गात्मकरुपमा गधाको संज्ञा दिएका छन् । प्राधिकरणबाट कुलमानको बहिर्गमनले फेरि लोडसेडिङ हुनसक्ने उनको आशंका छ ।

गजुरेलले लेखेका छन् :
भीर खोज्ने गोरुलाई
राम राम भन्न सकिन्छ
काँध हाल्न सकिन्न,
अँध्यारो खोज्ने गधालाई
नजा भन्न सकिन्छ,
बिजुली बाल्न सकिन्न !

कुलमानलाई प्राधिकरणबाट हटाएर ओली सरकारले हितेन्द्रदेव शाक्यलाई भित्र्याउनु कार्यमा नातावाद हाबी भएको कलाकार केदार घिमिरे बुझाइ छ ।

ओलीकी पत्नी शाक्य थरकी हुन् । शाक्य थरकै व्यक्ति प्राधिकारणको नयाँ कार्यकारी निर्देशक बनेका छन् । केदारले ओली र शाक्यबीच सम्बन्धलाई सालो–भिनाजुको साइनो रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’

निर्देशक निश्चल बस्नेत पनि कुलमानलाई हटाउने सरकारको निर्णयमा सन्तुष्ट देखिएका छैनन् । ओली सरकारलाई भ्रष्टको आरोप लगाउँदै उनले अब यो निर्णयले पतनतर्फ अग्रसर भएको लेखेका छन् ।

निश्चलले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन ।’

उनले ‘इनअफ इज इनअफ’ नारा पनि लेखेका छन् । यो गत प्रतिनिधिसभाको चुनावमा पूराना नेतालाई चुनावमा विश्राम दिन प्रयोग गरिएको नारा हो ।

नायिका प्रियंका कार्कीले कुलमानलाई सरकारको निर्णयविरुद्ध अदालतमा जान सुझाव दिएकी छन् ।

कुलमानले सरकारको निर्णयविरुद्ध अदालत जाने भन्दै मिडियालाई दिएको प्रतिक्रिया इन्स्टाग्रामको स्टोरीमा राख्दै प्रियंकाले लेखेकी छन्, ‘हामी सबै तपाईंको साथमा छौँ ।’

प्राय: राजनीतिक विषयमा आफ्नो टिप्पणी राखिराख्ने कलाकार दीपकराज गिरीले यस विषयमा धारणा राखेका छैनन् । उनले कुलमानको फोटो राखेर ‘मौनता’ मात्रै लेखेका छन् ।

वरिष्ठ कलाकार हरिवंश आचार्य पनि सरकारको निर्णयमा भद्र असहमति जनाएका छन् । उनले लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् ।अन्धकार बनाउन हुँदैन थियो ।’

नायिका नीता ढुंगानाले भने कुलमानलाई हटाउने व्यक्तिले नै भोलिका दिनमा लोडसेडिङ भोग्नुपर्ने आशंका गरेकी छन् ।
कुलमान हटाउने निर्णयको विरोध गर्दै उनले लेखेकी छन्, ‘के भइरहेको छ यहाँ ? एकदमै गलत निर्णय । साँच्चिकै जसले निकाल्यो उसले भोलि कालो दिन देख्नेछ।’

नायिका मनिषा कोइराला पनि सरकारको निर्णयमा सन्तुष्ट देखिएकी छैनन् । उनले आफ्नो व्यक्तिगत धारणा सार्वजनिक नगरे पनि विभिन्न व्यक्तिले सरकारको निर्णयको विरोध गरेको विचार आफ्नो फेसबुकमा सेयर गरेकी छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : १५ बजे

पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले पेट्रोल पम्पमा भीड

काठमाडौं– पेट्रोलियम पदार्थ अभाव हुने हल्ला फैलिएकोबीच राजधानीमा इन्धन भर्न

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको