फेरि शेयर बजारमा पहिरो, ५६ अंकले घट्यो नेप्से  « Khabarhub

फेरि शेयर बजारमा पहिरो, ५६ अंकले घट्यो नेप्से 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो । 

आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर कारोबार भएको छ । 

सबै कम्पनीको शेयर मूल्य घटेको छ । जम्मा ४ वटा मात्र कम्पनीको शेयर मूल्य बढेको छ । आज २४० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने कुनैपनि कम्पनिको शेयर मूल्य स्थिर भने छैन । 

यस्तै ३२५ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार २१ पटक शेयर किनबेच भएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा पहिरो गएको छ । फाइनान्स समूह ३.४१ प्रतिशतले घटेर २४८०.४५ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.५१ प्रतिशतले घटेर १८.९० विन्दुमा आएको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.४० प्रतिशतले, विकास बैंक समूह ३.२६ प्रतिशतले, होटल तथा पर्यटन २.८२ प्रतिशतले, हाइड्रोपावर ३.०८ प्रतिशतले, लगानी १.९८ प्रतिशतले, जीवन बीमा २.२४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४९ प्रतिशतले, लघुवित्त २.३० प्रतिशतले, निर्जीवन बीमा २.३८ प्रतिशतले, अन्य सूमह १.६४ प्रतिशतले र ट्रेडिङ समूह १.६० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : १२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा