कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा  « Khabarhub

कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएको छ । नागरिक समाजले गरेको आन्दोलनमा रास्वपा सांसदहरू पनि मिसिएका हुन् । 

नयाँ बानेश्वरमा भएको प्रदर्शनमा रास्वपा सांसद सुमना श्रेष्ठ पुगिसकेकी छन् । उनी नागरिक समाजको आन्दोलनमा मिसिएकी हुन् । यस्तै सांसद गणेश पराजुली पनि आन्दोलनमा समर्थन जनाउन जाँदै गरेको खबरहबलाई बताए । 

‘हामी पनि नागरिक समाजको आन्दोलनमा समर्थन जनाउन जाँदै छौँ ।’ पराजुलीले खबरहबलाई भने, ‘सुमना मान्य र अन्य नेताहरू पुगिसक्नु भएको छ ।’ 

घिसिङलाई सरकारले सोमबार बर्खास्त गर्ने निर्णय गरेको थियो । यसको विरोधमा अहिले सडकमा विभिन्न दलका भातृ सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : २५ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको