ईप्पानका २४ सुझाव : विद्युत उत्पादनमा कर छुटदेखि सस्तो ब्याजदरमा कर्जासम्म | Khabarhub Khabarhub

ईप्पानका २४ सुझाव : विद्युत उत्पादनमा कर छुटदेखि सस्तो ब्याजदरमा कर्जासम्म


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिलाई ईप्पानले सुझावपत्र बुझाएको हो ।

विद्युत उत्पादन २८ हजार ५०० मेगावाट नपुगेसम्म ऊर्जा आयोजनाहरूलाई १५ वर्षसम्म कर छुट दिनुपर्ने र मेसिनरी उपकरण आयातमा एक प्रतिशत मात्रै भन्सार लिन ईप्पानले सरकारलाई सुझाएको छ ।

यस्तै; विद्युत बिक्रीमा शून्य प्रतिशत कर लगाई विद्युतलाई मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा समावेश गर्नुपर्ने, सरकारी आयोजनाले मात्रै पाइरहेको विस्फोटक पदार्थमा भन्सार छुट सुविधा निजी आयोजनाले पनि पाउनुपर्ने, जग्गाको हदबन्दी छुट पाउनुपर्ने, स्थानीय सरकारले अन्य शीर्षकमा कर लिन नपाउने व्यवस्था हुनुपर्ने लगायतका सुझाव पनि ईप्पानले सरकारलाई दिएको छ ।

यस्ता छन्‌ सुझाव –

– कर छुटको अवधि न्यूनतम १५ वर्ष र करको दर १० प्रतिशत  कायम गर्नुपर्ने र ऊर्जा व्यवसायीहरूको लागि सस्तो ब्याज दरमा कर्जा प्राप्त हुने व्यवस्था गर्नुपर्ने ।

– सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको मर्मत सम्भारका लागि मेशिन तथा मेसिनरी पार्टपुर्जाहरू तथा स्टिल पाता-पाइप आयात गर्दा एक प्रतिशत भन्सार महसुल लिई मूअकर पुरै  छुट गर्ने आर्थिक वर्ष २०७८-०७९ सम्मकै व्यवस्था कायम हुनुपर्ने ।

– आयोजना निर्माण तथा सञ्चालनमा लागेको मूल्य अभिवृद्धि कर कट्टि वा फिर्ता विधिबाट आयोजना निर्माण लागतमा कर पुँजीकृत हुने हालको व्यवस्था हटाई तत्काललाई विद्युतको स्थानीय बिक्री तथा निकासीमा मूल्य अभिवृद्धि करको दर शुन्य लगाउने व्यवस्था गर्दा ग्राहक मूल्य पनि नबढ्ने र आयोजना निर्माणमा हुने कर लागतसमेत कम हुन गई नेपालमा उत्पादित विद्युत सस्तो र प्रतिस्पर्धी हुने हुँदा विद्युतको बिक्रीलाई मूल्य अभिवृद्धि कर लाग्ने वस्तुका रुपमा व्यवस्था गर्नुपर्ने ।

– २८ हजार ५०० मेगावाट विद्युत उत्पादन नपुगेसम्म विद्युत आयोजनाहरूलाई १५ वर्षसम्म पुरै र थप ५ वर्ष ५० प्रतिशत कर छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने ।

– आयोजना निर्माणको लागि आवश्यक सामग्री तथा उपकरण आयातमा भन्सार दर घटाउनुपर्ने र आयोजनाहरूलाई अझ प्रभावकारी बनाउन भन्सार प्रक्रिया सरल र छिटो बनाउनुपर्नेछ ।

– कुनै वस्तुको कच्चापदार्थ प्रशोधन गर्न वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्न वा कुनै वस्तु मर्मत गर्न वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैङ्क जमानत लिई विद्युत विकास विभागको स्वीकृतिमा अस्थायी निकासी गर्न अनुमति दिने व्यवस्था गर्नुपर्ने ।

– जलविद्युत आयोजना र उपकरणको आपूर्ति र सेवामा लागू हुने भ्याटको दरलाई कम गर्नुपर्ने ।

– सरकारी आयोजनाहरूले मात्रै पाइरहेको विस्फोटक पदार्थको भन्सार छुट सुविधा निजी जलविद्युत आयोजनाहरूलाई समेत दिएर १ प्रतिशत भन्सार दरमा ल्याउन पाउनुपर्ने ।

– जलविद्युत आयोजनामा हुने नियमित मर्मत र सञ्चालनमा भएको सम्पूर्ण खर्च रकममा कर छुटको व्यवस्था गर्नुपर्ने ।

– आयोजनाले स्थानीय क्षेत्रको विकासमा लगानी गर्ने भएको हुँदा स्थानीय निकायबाट छुटै कर लिनै नपाउने कानूनी व्यवस्था हुनुपर्ने ।

– स्वीकृत ईआईए-आईइई प्रतिवेदनमा उल्लेख भए बमोजिमको क्षेत्रफल सम्मको सरकारी जग्गा प्रयोग गरेबापत सट्टाभर्ना दिनुपर्ने तथा निजी जग्गा खरिद गर्दा हदबन्दी नलाग्ने व्यवस्था हुनुपर्ने ।

– इआईए-आईइई अध्ययन तथा सोको कार्यान्वयन सम्बन्धित मन्त्रालयबाटै स्वीकृत हुने व्यवस्था गर्नुपर्ने ।

– साना र ठूला सबै आयोजनाहरूमा आरओईको प्रावधानमा एकरुपता हुनुपर्ने ।

–सर्वव्यापी समस्यालाई मध्येनजगर गर्दै पेश गर्नुपर्ने कागजातहरूमा सरलीकरणको व्यवस्था ।

– जलवायु परिवर्तनको असर तथा अन्य वाह्य कारणले उत्पादन घटेर आम्दानी कम भइरहेको बेला जरिवाना तिर्नुपर्ने अवस्था रहेकोले पेनाल्टीको प्रावधान हटाउनुपर्ने ।

– बढी विद्युत खपत गर्नेलाई बढी शुल्क लाग्ने गरेकोमा अव बढी विद्युत खपत गर्नेलाई कम दर लगाउनुपर्ने ।

– अन्य संघ संस्थाले निर्माण गरेको प्रसारण लाईन-सवस्टेशनमा जोडिएको भएपनि जोडिएकै ठाँउमा मिटरिङ्गको व्यवस्था गर्नुपर्ने ।

– आयोजना स्थलसम्म कन्सट्रक्सन पावर पु¥याउन सहजीकरणको व्यवस्था गर्नुपर्ने ।

– आयोजनाले नेपाल सरकारलाई सट्टाभर्ना दिनुपर्ने जग्गाको सट्टामा रकम बुझाउनु पर्दा मालपोतले त्यस क्षेत्रमा तोकेको न्यनतम् दर कायम हुनुपर्ने ।

– जग्गा अधिग्रहण तथा राइट अफ वे सम्बन्धमा जग्गाको मूल्य निर्धारण गर्दा मालपोतले त्यस क्षेत्रमा तोकेको न्यनतम् दर कायम हुनुपर्ने ।

– आयोजनाको वित्तीय व्यवस्थापन भए पश्चात् आयोजनाको प्रगतिको आधारमा खर्च गर्ने व्यवस्था हुनुपर्ने ।

– मुल्य अभिवृद्धि कर ऐनको दफा ८ को उपदफा ३ को व्यवस्था बुट मोडलमा आधारित आयोजनाहरूको लागि संशोधन गरि लागू नगर्ने ।

– सौर्य विद्युत आयोजनालाई पनि बाह्य देशबाट आयात हुने सम्पूर्ण निर्माण सामाग्रीहरूलाई जलविद्युत आयोजना सरह नै भ्याट तथा भन्सार छुट हुने व्यवस्था हुनुपर्ने ।

– स्टोरेज तथा पम्प स्टोरेज आयोजनामा निजी क्षेत्रलाई आकर्षण गर्न अनुमतिपत्रको अवधि ७५ वर्ष, रोयल्टी र आयकरमा २५ वर्षसम्म छुट तथा उचित प्रतिफल दिने पीपीए दर निर्धारण गर्नुपर्ने ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ५५ बजे

आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत १५ गते शुक्रबार चैत

आज २०८१ साल चैत १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत १५ गते शुक्रबार चैत

समाजवादी मोर्चाको प्रदर्शन प्रतिगमन विरुद्धकाे सकारात्मक पहल हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले