१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि « Khabarhub

१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा वृद्धि गरेका छन् । अघिल्लो आर्थिक वर्ष (आव)को फागुन महिनासम्मको तुलनामा चालु आवको सोही अवधिमा सञ्चालनमा रहेका बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानीमा १०.५६ प्रतिशतले वृद्धि भएको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ९ अर्ब ४३ करोड ५३ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । जबकी जीवन बीमा कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ९८ अर्ब ५९ करोड ६ लाख ६१ हजार रुपैयाँ मात्रै गरेका थिए । अघिल्लो आवको फागुन मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ११ प्रतिशत बढी आम्दानी गरेका हुन् ।

त्यस्तै, चालु आवको समीक्षा अवधिसम्म सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । ती कम्पनीहरूले गत आवको सोही अवधिमा २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा ८.९१ प्रतिशतले बीमा शुल्क आम्दानी वृद्धि गरेका हुन् ।

गत आवको तुलनामा चालु आवको फागुन मसान्तसम्म बीमा कम्पनीहरूले बीमालेख पनि बढी जारी गर्न सफल भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार कम्पनीहरूले चालु आवको समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा जीवन, निर्जीवन, वैदेशिक रोजगार, म्यादी र लघु बीमालेखको सङ्ख्या बढी जारी गरेका हुन् ।

चालु आवको समीक्षा अवधिमा कम्पनीहरूले गत आवको सोही अवधिको तुलनामा जीवन, म्यादी तथा लघु र वैदेशिक रोजगार बीमालेख संख्या क्रमशः १.९१, १.७४ र २१.२४ प्रतिशतले बढाएका हुन् । त्यस्तै, चालु आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूको बीमालेख सङ्ख्या २० लाख ७३ हजार ४६३ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले धेरै हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन