१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि | Khabarhub Khabarhub

१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा वृद्धि गरेका छन् । अघिल्लो आर्थिक वर्ष (आव)को फागुन महिनासम्मको तुलनामा चालु आवको सोही अवधिमा सञ्चालनमा रहेका बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानीमा १०.५६ प्रतिशतले वृद्धि भएको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ९ अर्ब ४३ करोड ५३ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । जबकी जीवन बीमा कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ९८ अर्ब ५९ करोड ६ लाख ६१ हजार रुपैयाँ मात्रै गरेका थिए । अघिल्लो आवको फागुन मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ११ प्रतिशत बढी आम्दानी गरेका हुन् ।

त्यस्तै, चालु आवको समीक्षा अवधिसम्म सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । ती कम्पनीहरूले गत आवको सोही अवधिमा २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको फागुन मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा ८.९१ प्रतिशतले बीमा शुल्क आम्दानी वृद्धि गरेका हुन् ।

गत आवको तुलनामा चालु आवको फागुन मसान्तसम्म बीमा कम्पनीहरूले बीमालेख पनि बढी जारी गर्न सफल भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार कम्पनीहरूले चालु आवको समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा जीवन, निर्जीवन, वैदेशिक रोजगार, म्यादी र लघु बीमालेखको सङ्ख्या बढी जारी गरेका हुन् ।

चालु आवको समीक्षा अवधिमा कम्पनीहरूले गत आवको सोही अवधिको तुलनामा जीवन, म्यादी तथा लघु र वैदेशिक रोजगार बीमालेख संख्या क्रमशः १.९१, १.७४ र २१.२४ प्रतिशतले बढाएका हुन् । त्यस्तै, चालु आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूको बीमालेख सङ्ख्या २० लाख ७३ हजार ४६३ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले धेरै हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ३२ बजे

औचित्य नदेखिएका सरकारी संस्था खारेजी, समायोजन र हस्तान्तरणका विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको उच्चस्तरीय शासकीय

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

मान्म– पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

काभ्रेपलाञ्चोक- जिल्लाको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशक अघिदेखि विद्यामान लालपुर्जाको

प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग

काठमाडौं – फिल्म क्षेत्रका सामान्य घटना हो- सहकर्मीबीच बोलचाल बन्द

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान दान गर्न पाउने 

काठमाडौ– नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ