सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए  « Khabarhub

सरकारले औपचारिक रूपमा भन्यो– कुलमान हटे, हितेन्द्र आए 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको पुष्टि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घिसिङलाई बर्खास्त गरिएको पुष्टि गरेका हुन् । 

‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइने निर्णय पनि भएको छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा श्री हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।’ 

यसअघि सोमबार बेलुकी बैठकका निर्णयबारे संक्षिप्त जानकारी दिने क्रममा उनले कुलमानबारे जबाफ दिन इन्कार गरेका थिए । 

उनले बैठकबाट चुहिएको सूचनाका बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताएका थिए ।  

यस्तो थियो संवाद :

पत्रकार : कुलमान घिसिङलाई हटायो भन्छन् नि ।
सञ्चारमन्त्री : को ले, कुलमानले भन्या ?
पत्रकार : होइन, स्रोतले भन्या ।
मन्त्री : खै सरकारलाई त थाहा छैन !
पत्रकार : हटायो भन्ने खबर छ नि ?
मन्त्री : मैले के भन्छु, त्यो कुरा सोध्नु न ।
पत्रकार : त्यही कुरा सुन्न त बसेका छौँ नि अघिदेखि ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ४१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी