सकियो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन, प्रदर्शनआगावै ३ करोड कमाएको दाबी « Khabarhub

सकियो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन, प्रदर्शनआगावै ३ करोड कमाएको दाबी


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’को छायाङ्कन सकिएको छ । निर्माण पक्षका अनुसार सोमबार फिल्मको अन्तिम छायाङ्कन भएको हो ।

निर्माता सरोज न्यौपानेका अनुसार फिल्मको दुई गीतको छायाङ्कन बाँकी छ । एक गीतको भारतमा र अर्कोको छायाङ्कन नेपालमै हुने उनले बताए ।

छायाङ्कन सकेर सुटिङ टोली काठमाडौं फिर्ता भइसकेको छ । यस फिल्ममा अनमोलसहित नायिकाहरू आँचल शर्मा, जशिता गुरुङ र कलाकार केदार घिमिरे माग्ने बुढा प्रमुख भूमिकामा छन् ।

फिल्ममा नायक भुवन केसी, नायिका सुरक्षाा पन्त र उषा खड्कीको पनि अभिनय रहने बताइएको छ ।

दुई गीत छायाङ्कन र पोस्ट प्रोडक्सनको काम बाँकी रहँदै यस फिल्मको लगानी ६ करोड पुगेको न्यौपानेको दाबी छ । सगरमाथा बेसक्याम्प र मुस्ताङ लगायतका भौगोलिकरुपमा जटिल स्थानमा छायाङ्कन गरिएकाले लगानी धेरै लागेको उनको भनाइ छ ।

काठमाडौंमा एक करोड लगानी गरेर बनाइएको सेटमा पनि यस फिल्मको छायाङ्कन गरिएको उनले खुलाए । भन्छन्, ‘उत्कृष्ट फिल्म तयार हुन आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन ।’

अनन्या फिल्मस् प्रालिको ब्यानरमा बनेको यस फिल्मका निर्देशक सुयोग गुरुङ हुन् । फिल्को प्रदर्शन मिति केही दिनपछि सार्वजनिक हुने निर्माता न्यौपानेले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्