सकियो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन, प्रदर्शनआगावै ३ करोड कमाएको दाबी « Khabarhub

सकियो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन, प्रदर्शनआगावै ३ करोड कमाएको दाबी


११ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’को छायाङ्कन सकिएको छ । निर्माण पक्षका अनुसार सोमबार फिल्मको अन्तिम छायाङ्कन भएको हो ।

निर्माता सरोज न्यौपानेका अनुसार फिल्मको दुई गीतको छायाङ्कन बाँकी छ । एक गीतको भारतमा र अर्कोको छायाङ्कन नेपालमै हुने उनले बताए ।

छायाङ्कन सकेर सुटिङ टोली काठमाडौं फिर्ता भइसकेको छ । यस फिल्ममा अनमोलसहित नायिकाहरू आँचल शर्मा, जशिता गुरुङ र कलाकार केदार घिमिरे माग्ने बुढा प्रमुख भूमिकामा छन् ।

फिल्ममा नायक भुवन केसी, नायिका सुरक्षाा पन्त र उषा खड्कीको पनि अभिनय रहने बताइएको छ ।

दुई गीत छायाङ्कन र पोस्ट प्रोडक्सनको काम बाँकी रहँदै यस फिल्मको लगानी ६ करोड पुगेको न्यौपानेको दाबी छ । सगरमाथा बेसक्याम्प र मुस्ताङ लगायतका भौगोलिकरुपमा जटिल स्थानमा छायाङ्कन गरिएकाले लगानी धेरै लागेको उनको भनाइ छ ।

काठमाडौंमा एक करोड लगानी गरेर बनाइएको सेटमा पनि यस फिल्मको छायाङ्कन गरिएको उनले खुलाए । भन्छन्, ‘उत्कृष्ट फिल्म तयार हुन आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन ।’

अनन्या फिल्मस् प्रालिको ब्यानरमा बनेको यस फिल्मका निर्देशक सुयोग गुरुङ हुन् । फिल्को प्रदर्शन मिति केही दिनपछि सार्वजनिक हुने निर्माता न्यौपानेले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ६ : ४३ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम