‘अभिमन्यु’को नायिकामा गौमाया फाइनल « Khabarhub

‘अभिमन्यु’को नायिकामा गौमाया फाइनल


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको नयाँ फिल्म ‘अभिमन्यु’मा नायिका गौमाया गुरुङ अनुबन्ध भएकी छन् ।

यस फिल्ममा अनुबन्ध हुने उनी पहिलो कलाकार हुन् । उनी केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएको बुझिएको छ ।

उनीबाटै फिल्मका कलाकारको चयनको काम सुरु भएको निर्माता पौडेलले बताए।

उनले भने, ‘कलाकार चयनको काम सुरु भयो । अब अन्य कलाकारहरु पनि सार्वजनिक गर्दै जानेछौं ।’

यसअघि नै फिल्ममा निर्देशकको जिम्मेवारीमा सुशान्त गौतमा फाइनल भएका थिए । उनको यो डेब्यू निर्देशन हो ।

यस फिल्मको छायाङ्न आगामी नयाँ वर्षको सुरुवातबाट हुने बताइएको छ । फिल्मको प्रदर्शन नयाँ मिति भने भदौ २७ लाई तोकिएको छ ।

यसअघि फिल्मको थिम पोस्टर र निर्देशकबारे जानकारी दिइएको थियो । उक्त पोस्टरमा भने फिल्मको प्रदर्शन मिति साउन २४ लाई तोकिएको थियो ।

थिम पोस्टरमा पोस्टरमा च्रकव्यूह र उडिरहेको पैसालाई देख्न सकिन्छ । निर्माण पक्षका अनुसार पोस्टरले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेर त्यहाँबाट उम्किन खोज्ने पात्रको कथामा फिल्म निर्माण हुने बताएको छ ।

फिल्मका लेखक मुकेश खनाल हुन् । यो फिल्म हिन्दी र नेपाली भाषामा एक साथ प्रदर्शनमा ल्याउने योजनामा निर्माता पौडेल रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ३९ बजे

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न