शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ १२ पैसा र बिक्रीदर १३६ रुपियाँ ७२ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५५ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ २५ पैसा र बिक्रीदर १८२ रुपियाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ८६ पैसा र बिक्रीदर १६५ रुपियाँ ५९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८९ पैसा र बिक्रीदर ८७ रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ २१ पैसा र बिक्रीदर ९८ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ७९ पैसा र बिक्रीदर १०४ रुपियाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६७ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २९ पैसा र बिक्रीदर ३६ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५१ पैसा तोकेको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०७ पैसा र बिक्रीदर चार रुपियाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १३ पैसा र बिक्रीदर ३१ रुपियाँ २६ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १९ पैसा र बिक्रीदर १४ रुपियाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ १२ पैसा र बिक्रीदर ३६२ रुपियाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ५४ पैसा र बिक्रीदर ३५५ रुपियाँ ०९ पैसा रहेको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : २७ बजे

प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं– प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै

मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला

काठमाडौं- संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

जलेश्वर– महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर– जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा