कोहली र हजेलउड चम्केपछि आरसिबी विजयी : राजस्थान ११ रनले पराजित « Khabarhub

कोहली र हजेलउड चम्केपछि आरसिबी विजयी : राजस्थान ११ रनले पराजित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम दुई ओभरमा चुकेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा फेरि जितिसकेको खेल गुमाएको छ।

बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरुले राजस्थान रोयल्सलाई ११ रनले हरायो। २०६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि अन्तिम दुई ओभरमा जितका लागि १८ रन आवश्यक थियो। साथै ५ विकेट साथमा थियो।

१९ औँ ओभरमा जोस हजेलउडले १ रन दिएर ध्रुव जुरेल र जोफ्रा आर्चरको विकेट लिएपछि यस दयालले अन्तिम ओभरका बंगलोरुलाई जित दिलाए। अन्तिम ओभरका पनि दुई विकेट गुमाएको राजस्थान ९ विकेट गुमाउँदै १९४ रनमा सीमित भयो।

शानदार सुरुवात गरेको राजस्थानका लागि प्रारम्भिक ब्याट्सम्यान यशस्वी जयसवालले १९ बलमा ४९ रन जोडे। जुरेलले ३४ बलमा ४७ रन जोडे। प्लेयर अफ द म्याच समेत घोषित हलेजउडले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। क्रुनाल पाण्डेले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।

बंगलोरुले घरेलु भूमिमा टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो। बंगलोरुका लागि विराट कोहलीले ४२ बलमा ७० रन तथा देवीदत्त पाणीकलले २७ बलमा ५० रन जोडे। जितेस शर्माले १० बलको सामना गर्दै अविजित २० रन बनाए। राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए पनि चार ओभरमा ४५ रन खर्चिए।

विजयी बंगलोर ९ खेलमा १२ अङ्कसहित तेस्रो स्थानमा उक्लेको छ। राजस्थान भने चार अङ्क सहित आठौँ स्थानमा छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १५ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,