औलोको जोखिममा कञ्चनपुर « Khabarhub

औलोको जोखिममा कञ्चनपुर


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ । छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले स्थानीय सङ्क्रमणभन्दा आयातित औलो सङ्क्रमित बिरामी बढिरहेको बताए ।

उनले पछिल्ला केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै बताए । उनले औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको भए पनि यसको न्यूनीकरण गर्न कठिनाइ रहेको उल्लेख गरे ।

औलो निरीक्षक भट्टले भने, ‘भारतबाट आउने र शान्ति सेनामा गएर फर्किएकाहरूमा औलो देखिने गरेको छ ।’ उनका अनुसार पश्चिमीनाका गड्डाचौकीमा रहेको हेल्थडेस्कमा औलो परीक्षण हुने गरेको छ । त्यसैगरी ज्वरो आएका बिरामीको समेत सबै स्वास्थ्य संस्थामा औलो परीक्षण गर्ने गरेको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८–७९ मा २९ हजार ४९२ जनाको परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण देखिएको थियो । जसमा पाँच जनामा स्थानीय र ३० जनामा आयातित औलोको सङ्क्रमण देखिएको औलो निरीक्षक भट्टले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा ३० हजार ३६२ जनामा औलो परीक्षण गरिएको थियो । जसमा २८ जनामा औलो सङ्क्रमण देखिएकामा २३ जनामा आयातित औलो देखिएको थियो ।

त्यसैगरी आव २०८०–८१ मा १६ हजार ४६३ जनामा औलो परीक्षण गरिएको थियो । जसमा भारतबाट फर्किएका २५ जनामा सङ्क्रमण देखिएको थियो ।

आर्थिक वर्ष २०८१–८२ को चैत्रसम्म ११ हजार २८९ जनामा परीक्षण गरिएकामा ३५ जनामा औलो सङ्क्रमण देखिएको छ । जसमा ३२ जनामा आयातित र तीन जनामा स्थानीय औलोको सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार रोजगारीका लागि भारत जानेहरू न्यून स्तरको काम गर्ने र त्यहाँ औलो सङ्क्रमण भएपछि उपचार नगरी नेपाल आउने गरेका कारण आयातित औलोको सङ्क्रमण बढ्दै गएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ११ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न