किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी « Khabarhub

किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा जारी राखेको आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन्। उनले किभमा भएको पछिल्लो आक्रमणपछि प्रतिक्रिया दिँदै यसलाई नरोके रुसको विरुद्धमा कदम चालिने बताएका छन्।

बिहीबार राति भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भए। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध रोक्नका लागि आफूले दुवै देशलाई दबाब दिइरहेको बताए। गत जुलाई महिनापछि किभमा भएको यो आक्रमणले भने आफूलाई निराश बनाएको बताए।

गत वर्षको चुनावी अभियानले पनि उनले जत्ति सक्दो रुस र युक्रेन बीचको युद्धको अन्त्य गर्ने बताएका थिए। पुटिनको आलोचना गर्दै सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अनावश्यक र धेरै खराब समयमा भ्लाडिमिर। यो रोकौँ।’

दुवै देशले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युक्रेनका केही भाग रुसलाई दिने कुरामा सहमति जुटाउन प्रयास गरिरहेको समयमा यो घटना भएको हो। बिहीबार ट्रम्पले यसै क्रममा नर्वेका प्रधानमन्त्री जोन कार स्टारलाई भेटेर आफू कसैको पक्षमा नभएर मानिसको ज्यान बचाउने पक्षमा मात्र भएको बताए।

आक्रमणपछि प्रतिक्रिया दिँदै दक्षिण अफ्रिकी भ्रमणमा रहेका राष्ट्रपति जेलेन्स्कीले युद्ध विरामको क्रममा ट्रम्प रुसप्रति लचिलो भएको गुनासो गरेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ३४ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने