भुजी र दरमखोला पुल निर्माणमा लापरबाही « Khabarhub

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागलुङ– निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।

ढोरपाटन नगरपालिका– ५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका– ७ को दरमखोला पुल निर्माणले गति नलिँदा  स्थानीयले सास्ती खेप्नुपरेको छ ।

दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भुजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो । उक्त पुलको हालसम्म ३५ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो । यो पुलको काम ४० प्रतिशतमात्र भएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि दुई करोड १६ लाख र दरमखोलाको पुलका लागि तीन करोड ३२ लाखमा निर्माणमा सम्झौता छ । अहिलेसम्म निर्माण भएका संरचना जीर्ण छन् । तीनको अवस्था काम नलाग्ने रहेको प्राविधिकहरू बताउँछन् । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : २९ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा