२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति | Khabarhub Khabarhub

२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– अछेते–भिमापोखरा सडक स्तरोन्नति गरिएको छ । उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा  ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको २० लाख गरी ७० लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति गरिएको हो ।

पूर्वाधार विकास कार्यालयबाट प्राप्त ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ ।

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ३४ बजे

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी

पोर्चुगल – पोर्चुगलले सन् २०२५ मा ९४ वर्षयताकै सबैभन्दा बढी

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ