कश्मीरमा लश्करका दुई सदस्यको घर सेनाले विस्फोट गरेर उडायो | Khabarhub Khabarhub

कश्मीरमा लश्करका दुई सदस्यको घर सेनाले विस्फोट गरेर उडायो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भातरको जम्मू-कश्मीरमा शुक्रबार लश्कर-ए-तैयबासँग सम्बन्धित दुई चरमपन्थीका घर भारतीय सेनाल विस्फोट गरेर ध्वस्त बनाएको छ ।

त्राल र अनन्तनागमा रहेका ती घरहरू सर्च अपरेशनका क्रममा भारतीय सेनाले विस्फोटपछि उडाएको हो ।

भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार शुक्रबार बिहान त्रालमा आसिफ शेख र अनन्तनागको बिजबेहरामा आदिल ठोकेरको घरमा सर्च अपरेशन गरिएको थियो ।

अपरेशनका क्रममा दुवै घरहरूमा विस्फोटक पदार्थ फेला परेको दाबी भारतीय सेनाको छ । सैनिकहरू सुरक्षाका कारणले केही पर हटेलगत्तै विस्फोट भएको दाबी गरिएको छ । उक्त विस्फोटमा दुवै घरहरू पूर्ण रूपमा ध्वस्त भए । तर भारतीय केही मिडियाले भने ती घर सेनाले नै उडाएको जनाएका छन् ।

यता, बान्दीपोरा क्षेत्रमा भइरहेको एक भिडन्तमा एक चरमपन्थी मारिएका छन् । घटनामा दुई जना सैनिक घाइते भएका छन्। आतंककारीहरू लुकेर बसेको सूचना आएपछि शुक्रबार बिहानदेखि नै त्यहाँ सर्च अपरेशन थालिएको थियो। त्यहाँ भिडन्त अझै जारी छ।

यसबाहेक, शुक्रबार बिहान पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) का विभिन्न क्षेत्रहरूमा गोलीबारी गरेको समाचार छ। भारतीय सेनाले तुरुन्तै जवाफ दिएको बताइएको छ ।

यही २२ अप्रिल अर्थात् मंगलबार दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीले पर्यटकमाथि गोली बर्साएका थिए।

उक्त हमलामा नेपालीसहित २७ जना पर्यटक मारिएका थिए । यस घटनामा १७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३३ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई