कश्मीरमा लश्करका दुई सदस्यको घर सेनाले विस्फोट गरेर उडायो « Khabarhub

कश्मीरमा लश्करका दुई सदस्यको घर सेनाले विस्फोट गरेर उडायो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भातरको जम्मू-कश्मीरमा शुक्रबार लश्कर-ए-तैयबासँग सम्बन्धित दुई चरमपन्थीका घर भारतीय सेनाल विस्फोट गरेर ध्वस्त बनाएको छ ।

त्राल र अनन्तनागमा रहेका ती घरहरू सर्च अपरेशनका क्रममा भारतीय सेनाले विस्फोटपछि उडाएको हो ।

भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार शुक्रबार बिहान त्रालमा आसिफ शेख र अनन्तनागको बिजबेहरामा आदिल ठोकेरको घरमा सर्च अपरेशन गरिएको थियो ।

अपरेशनका क्रममा दुवै घरहरूमा विस्फोटक पदार्थ फेला परेको दाबी भारतीय सेनाको छ । सैनिकहरू सुरक्षाका कारणले केही पर हटेलगत्तै विस्फोट भएको दाबी गरिएको छ । उक्त विस्फोटमा दुवै घरहरू पूर्ण रूपमा ध्वस्त भए । तर भारतीय केही मिडियाले भने ती घर सेनाले नै उडाएको जनाएका छन् ।

यता, बान्दीपोरा क्षेत्रमा भइरहेको एक भिडन्तमा एक चरमपन्थी मारिएका छन् । घटनामा दुई जना सैनिक घाइते भएका छन्। आतंककारीहरू लुकेर बसेको सूचना आएपछि शुक्रबार बिहानदेखि नै त्यहाँ सर्च अपरेशन थालिएको थियो। त्यहाँ भिडन्त अझै जारी छ।

यसबाहेक, शुक्रबार बिहान पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) का विभिन्न क्षेत्रहरूमा गोलीबारी गरेको समाचार छ। भारतीय सेनाले तुरुन्तै जवाफ दिएको बताइएको छ ।

यही २२ अप्रिल अर्थात् मंगलबार दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीले पर्यटकमाथि गोली बर्साएका थिए।

उक्त हमलामा नेपालीसहित २७ जना पर्यटक मारिएका थिए । यस घटनामा १७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३३ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला