भारत पाकिस्तान युद्ध कहिले ? यसो भन्छन् भारतीय ज्योतिष « Khabarhub

भारत पाकिस्तान युद्ध कहिले ? यसो भन्छन् भारतीय ज्योतिष


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले भारत र पाकिस्तानबीचको सम्बन्ध निकै तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । केही दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आतंककारी आक्रमण भएपछि दक्षिण एशियाका दुई छिमेकी देशबीच सम्बन्ध उग्र बन्दै गएको छ ।

पहलगाम आक्रमणमा परी एक जना नेपाली सुदिप न्यौपानेसहित २७ जनाले ज्यान गुमाएका छन् भने अरु दर्जनौँ घाइते भएका छन् । यससँगै भारतले आफ्नो मुलुकमा रहेका पाकिस्तानी नागरिकलाई देश छोड्न निर्देशन दिएको छ । त्यस्तै, भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ भने सिन्धु जल सम्झौता पनि स्थगित गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्न कसैलाई पनि बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रधानमन्त्री मोदीले आक्रमणमा संलग्नलाई पृथ्वीको जुनसुकै कुनामा भएपनि कारवाही गर्ने दृढता जनाएका छन् । उनले आतंककारीलाई ‘माटोमा मिलाइदिने’ चेतावनी पनि दिएका छन् ।

उता पाकिस्तानले पनि भारतको कदमविरुद्ध कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानले सिन्धु जल सन्धि खारेज गर्ने भारतीय निर्णयको निन्दा गरेको छ । पाकिस्तानले आफूले पाउनुपर्ने पानीमा अवरोध गरे त्यसलाई ‘युद्ध’ मानिने पनि चेतावनी दिएको छ । पाकिस्तानले भारतीय स्वामित्वमा रहेका सबै हवाइ सेवा कम्पनीलाई आफ्नो आकाश प्रयोग गर्न नदिने, सन् १९७२ को शिमला सम्झौता पनि खारेज गर्नेजस्ता घोषणा पनि गरेको छ ।

अघिल्लो रात कश्मीरस्थित भारत पाकिस्तान सीमामा दुई मुलुकका सुरक्षाकर्मीबीच रातभर दोहोरो गोली हानाहान भएको समाचार आएका छन् । यस्तो अवस्थामा दुई मुलुकबीच युद्ध हुने हो कि भन्ने चिन्ता पनि बढेर गएको छ ।

के भन्छन् ज्योतिष

यसै विषयमा भारतीय टेलिभिजन एबीपीले ज्योतिष विज्ञानका जानकार पण्डित सञ्जय उपाध्यायसँग कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले भारतको भविष्य संघर्षले भरिपूर्ण विवादतर्फ उन्मुख रहेको बताएका छन् ।

हाल शनि मीन राशिमा आएमा त्यो अघि बढ्दै मेष राशितर्फ अग्रसर हुने उनको भनाइ छ । यसको अर्थ भारतले छिमेकी देशसँग विवाद वा संघर्षले भरिपूर्ण स्थितीको सामना गर्नुपर्ने हुनसक्छ ।

त्यसबाहेक केही ग्रह–नक्षत्रको उतार चढावमा तिथिले पनि महत्वपूर्ण प्रभाव पार्ने उनले एबीपी न्यूजलाई बताएका छन् । अक्षय तृतीय आगामी ३० अप्रिलमा आउँदैछ । त्यसैगरी, आगामी ४–५ मेको समय पनि भारतका लागि प्रभावशाली हुने उनले बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३९ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र