शंकर पोखरेल भन्छन्- लोकप्रियवादले समाधान दिँदैन भन्दा एमालेलाई घेराबन्दी गरियो « Khabarhub

शंकर पोखरेल भन्छन्- लोकप्रियवादले समाधान दिँदैन भन्दा एमालेलाई घेराबन्दी गरियो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताए ।

यसले राज्य र नागरिकबीचमा द्वन्द्व सिर्जना गरेको उनको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उनले भने ।

अहिले एमाले र नेतृत्वमाथि चौतर्फी घेराबन्दी गरिएको उनले बताए । त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उनले बताए ।

एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेकाले विकास विरोधीले घेराबन्दी गरेको उनको धारणा छ । ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठूला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उनले भनेका छन् ।

लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने उनले बताए । यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उनको धारणा छ ।

लोकप्रियवाद समस्याको समाधान नभएको उनले बताए । त्यही कुरा एमालेले भन्दा कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको उनले बताए । ‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमालेमाथि प्रहार भइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ४० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र