शंकर पोखरेल भन्छन्- लोकप्रियवादले समाधान दिँदैन भन्दा एमालेलाई घेराबन्दी गरियो « Khabarhub

शंकर पोखरेल भन्छन्- लोकप्रियवादले समाधान दिँदैन भन्दा एमालेलाई घेराबन्दी गरियो


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताए ।

यसले राज्य र नागरिकबीचमा द्वन्द्व सिर्जना गरेको उनको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उनले भने ।

अहिले एमाले र नेतृत्वमाथि चौतर्फी घेराबन्दी गरिएको उनले बताए । त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उनले बताए ।

एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेकाले विकास विरोधीले घेराबन्दी गरेको उनको धारणा छ । ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठूला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उनले भनेका छन् ।

लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने उनले बताए । यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उनको धारणा छ ।

लोकप्रियवाद समस्याको समाधान नभएको उनले बताए । त्यही कुरा एमालेले भन्दा कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको उनले बताए । ‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमालेमाथि प्रहार भइरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना