पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन | Khabarhub Khabarhub

पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा पूर्वसूचना आयुक्त समाज गठन भएको छ । पूर्वसूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र संवर्द्धनका पक्षमा समाज गठन गरिएको हो । 

सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित सूचनाको हकका विषयमा सम्बद्ध पक्षलाई राय, सुझाव प्रदान गरी सहयोग गर्ने उद्देश्यले पूर्वसूचना आयुक्त समाज गठन गरिएको संयोजक गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार पूर्वप्रमुख सूचना आयुक्तहरू कृष्णहरि बास्कोटा र गुरुङसहित पूर्वसूचना आयूक्तहरु श्री आचार्य, सविता भण्डारी, किरणकुमार पोखरेल, कमला ओली र रत्नप्रसाद मैनालीको उपस्थितिमा पूर्वसूचना आयुक्त समाज गठन गरिएको हो ।   

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ४३ बजे

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा