शिक्षकका माग सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र जिम्मेवार बन्नुपर्छ : नैनसिंह महर « Khabarhub

शिक्षकका माग सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र जिम्मेवार बन्नुपर्छ : नैनसिंह महर


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकका माग सम्बोधनका लागि सरकार, संसद् र सरकार सञ्चालनमा सहयोग गर्न बनेको उच्चस्तरीय संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । 

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूका जायज माग सम्बोधन गरी शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न संसद्, सरकार र सरकार सञ्चालनमा सहयोग गर्न बनेको उच्चस्तरीय संयन्त्रलाई गम्भीर बन्न आग्रह गरेका हुन् । 

‘आजबाट सुरु भएको संसद् अधिवेशनले शिक्षक आन्दोलनको निकास दिने गरी शीघ्रतिशीघ्र विद्यालय शिक्षा विधेयक पारित गर्न पुनः माग गर्दछु,’ कांग्रेस केन्द्रीय सदस्य महरले भनेका छन् । 

संविधान जारी हुँदा संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने व्यवस्था गरिएको स्मरण गर्दै उनले संविधान जारी भएको १० वर्ष भइसक्दा पनि संसद्को गैर जिम्मेवारीले झण्डै तीन सय कानुन बन्न नसकेको अवस्था रहेको बताएका छन् । 

‘जसका कारण कानुनी राज्यको अवधारणाको समेत खिल्ली उडाएको छ । संघीय सरकार, संसद् र सांसदहरूले कानुन निर्माण गर्ने आफ्नो पदीय दायित्व र जिम्मेवारी बोध नगरी व्यक्तिगत र पार्टीगत स्वार्थमा रुमलिँदा कानुन निर्माणले गति नलिएको तथ्य हाम्रो सामु छ,’ महरले भनेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ५१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५