थाइल्यान्डबाट फर्किएका देउवालाई सरकार फेरबदलबारे दुई प्रश्न | Khabarhub Khabarhub

थाइल्यान्डबाट फर्किएका देउवालाई सरकार फेरबदलबारे दुई प्रश्न


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

पत्नी एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै गत आइतबार थाइल्यान्ड गएका देउवाले शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उपचारको फलोअप र व्यक्तिगत कामले बैंकक पुगेका उनी ६ दिनपछि नेपाल फर्किए । यता नेपालमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितले अब कांग्रेसले सरकार छाड्ने समय आएको बताइरहँदा देउवाले भने त्यो सम्भावना नरहेको बताएका हुन् ।

देउवासँगै आएकी परराष्ट्रमन्त्री राणाले पनि विमानस्थलको भीआईपी कक्षमा केपी शर्मा ओली नेतृत्वको सरकार अहिले तलमाथि नहुने बताइन् । पत्रकार सम्मेलन फेस नगरेका देउवालाई विमानस्थलबाहिर गाडीमा चढ्दै गर्दा जवाफ दिनुपर्ने अवस्था आयो । उनलाई पत्रकारले सोधिहाले, अब सत्ता समीकरण फेरिन्छ हो ?

यस्तो थियो संवाद

पत्रकारको प्रश्न : सत्ता गठबन्धनमा खटपट सुरु भएको हो ?
देउवाको जवाफ : केही भएको छैन ।
पत्रकारको प्रश्न : सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्छन् नि ?
देउवाको जवाफ : कसले भन्यो ? मलाई थाहा छैन ।

यसैबीच नेपालमा सरकार परिवर्तनको हल्ला भुसको आगोझैँ फैलिएपछि बिहीबार राति नै देउवा र ओलीबीच टेलिफोन वार्ता पनि भएको छ ।

बैंककमा रहेका देउवा र काठमाडौंमा रहेका ओलीबीच एमालेको लोकतन्त्र सेलिब्रेसन कार्यक्रमपछि बिहीबार राति टेलिफोन संवाद भएको हो ।

त्यसक्रममा देउवाले अहिले सरकार तलमाथि नहुने बताउँदै ओलीलाई ढुक्कसँग काम गर्न भनेको जवाफ परराष्ट्रमन्त्री राणाले दिएकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ३० बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना