सम्पदा भनेको सभ्यताको पहिचानका साथै हाम्रा प्राण तत्त्व हुन् : मन्त्री पाण्डे « Khabarhub

सम्पदा भनेको सभ्यताको पहिचानका साथै हाम्रा प्राण तत्त्व हुन् : मन्त्री पाण्डे


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा सभ्यताको पहिचान भएको बताएका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘सम्पदा भनेको सभ्यताको पहिचान हो । यी हाम्रा परिचयका प्राण तत्त्व पनि हुन् । यसमा केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन् । त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्बिलो छ ।’ 

उनले भूकम्पपछि ढलेका सम्पदाहरूको पुरातात्त्विक संरचना पुनः निर्माण परम्परागत शैलीमै गरिएको समेत बताए ।

उनले थप्दै भने,’ललितपुरमा पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ। काठमाडौंमा जीवित छन् । हाम्रा अरनीको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो। युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ । त्यसैले हाम्रा सम्पदाहरू विश्वव्यापी छन् ।’ उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए ।

मन्त्री पाण्डेले स्थानीयको सहभागिता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भूकम्पका कारण हाम्रा थुप्रै सम्पदाहरू बलेका बताउँदै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको उल्लेख गरे । 

उनले भने, ‘भूकम्पपछि बलेका सम्पदाहरू उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ। हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौँ, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ ।’ 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ५७ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला