सम्पदा भनेको सभ्यताको पहिचानका साथै हाम्रा प्राण तत्त्व हुन् : मन्त्री पाण्डे « Khabarhub

सम्पदा भनेको सभ्यताको पहिचानका साथै हाम्रा प्राण तत्त्व हुन् : मन्त्री पाण्डे


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा सभ्यताको पहिचान भएको बताएका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘सम्पदा भनेको सभ्यताको पहिचान हो । यी हाम्रा परिचयका प्राण तत्त्व पनि हुन् । यसमा केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन् । त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्बिलो छ ।’ 

उनले भूकम्पपछि ढलेका सम्पदाहरूको पुरातात्त्विक संरचना पुनः निर्माण परम्परागत शैलीमै गरिएको समेत बताए ।

उनले थप्दै भने,’ललितपुरमा पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ। काठमाडौंमा जीवित छन् । हाम्रा अरनीको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो। युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ । त्यसैले हाम्रा सम्पदाहरू विश्वव्यापी छन् ।’ उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए ।

मन्त्री पाण्डेले स्थानीयको सहभागिता विना सम्पदाहरूको संरक्षण गर्न नसकिने बताए । उनले भूकम्पका कारण हाम्रा थुप्रै सम्पदाहरू बलेका बताउँदै अहिले ती सम्पदाहरू उठ्ने क्रममा रहेको उल्लेख गरे । 

उनले भने, ‘भूकम्पपछि बलेका सम्पदाहरू उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ। हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौँ, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ ।’ 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ५७ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।